कसैले प्रहरीमा काम गराएबापत पैसा खाएको भए मलाई जानकारी गराउनु- उपरीक्षक घिमिरे – Naya Bikalpa
February 7, 2025, Friday

कसैले प्रहरीमा काम गराएबापत पैसा खाएको भए मलाई जानकारी गराउनु- उपरीक्षक घिमिरे

प्रेमचन्द्र झा

राैतहट : जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेले प्रहरीलाई प्रहरी भएर जनताको सेवा गर्न सुझाव दिएका छन् । जिल्ला प्रहरी कार्यालय राैतहटद्वारा समुदायमा प्रहरी कार्यक्रमअन्तर्गत माैलापुर बजारमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बाेल्दै उनले जनताबिना प्रहरीको काम नरहेको बताए ।

प्रहरीले आम समुदायसँग गर्ने व्यवहार तथा बाेलीचालीमा कटुता हुने गरेका कुरालाई सुधार गर्नकै लागि प्रहरी मेरो साथी, मुस्कान सहितको सेवा र समुदायसँग प्रहरीलगायतका कार्यक्रम सञ्चालन हुँदै आएको उपरीक्षक घिमिरेले बताए ।

आफू आएदेखि जिल्लामा प्रहरी संरक्षणमा हुने तस्करीलगायत विभिन्न खालका कमी कमजाेरी शून्य परेको दाबी गर्दै उनले आफूले घुमुवा परिचालन नगरेको बताए । जिल्ला प्रहरी कार्यालयमा बिना कुनै लेनदेन जनताको काम भइरहेको दाबी गर्दे उनले कोही कसैले प्रहरीमा काम गराएबापत पैसा खाएको भए आफूलाई जानकारी दिन अनुराेधसमेत गरे ।

सुनुवाइ कार्यक्रममा इलाका प्रहरी कार्यालय माैलापुरका प्रहरी निरीक्षक प्रवेश कार्कीले आफू आएदेखि जनतालाई कुनै दु:ख दिने काम नगरेको बताए ।

सो कार्यक्रममा नगरिकहरुले प्रहरी तथा मालपोत कार्यालयमा भाेग्दै आएका समस्या राखेका थिए ।

सुनुवाइमा समाजसेवी भाेला पाण्डये, महेश साह, दिपेश साह, ठागा दास, लालबाबु साहलगायतले जनताले भोग्दै आएका समस्या राखेका थिए । सबैजसो प्रश्नको जवाफ प्रहरी उपरीक्षक घिमिरेले दिएका थिए ।

सम्बन्धित समाचार

रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
रवि लामिछानेमाथि प्रतिशोध साँधियो, यसको मूल्य सरकारले चुकाउनुपर्छ : डीपी अर्याल
  • २०८१ कार्तिक १४, २२: २२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका...

खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
खेलकुदमन्त्री चौधरीको गुनासो- ‘बजेट अभाव हुँदा काम गर्न सकिएन’
  • २०८१ कार्तिक १४, २२: २२

काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना...

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
  • २०८१ कार्तिक १४, २२: २२

काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...