विभिन्न आरोह अवरोह पार गर्दै छापा पत्रकारिताको तीन दशक यात्रासँगै हामी पनि बामे सर्दै न्यू मिडियाको यात्रामा १ दशक पार गरिसक्यौं । यस अवधिमा हामीले छापा पत्रकारिता र अनलाइन पत्रकारितामा भोग्नुपरेका कथा व्यथा आ–आफ्नै छँदैछ । पछिल्लो समय न्यू मिडिया अन्तर्गत सामाजिक सञ्जालले पारेको विभिन्न खाले असरको सामना नेपाली मिडियाले व्यहोर्नु परेको छ । आम पाठकवर्ग तथा शुभेच्छुकहरुको तिव्र चासोलाई सम्मेट्ने उद्देश्यका साथ फेरि हामी यस मिडिया मार्फत नेपालका सबै भाषा भाषीहरुको उत्तिकै महत्व रहेकाले आजदेखि हामी अधिकांश प्रयोगमा आउने ५ भाषामा समाचार संप्रेषण गर्ने जमर्काे गरेका छौं ।
जसअनुसार नेपालीहरुको दोस्रो ठूलो महान चाड शुभ दीपावली, नेपाल सम्वत्, छठ पर्व २०८१ को अवसरमा नेपाली चलन चल्तिको बढी बोली चालीका भाषा अन्तर्गत मैथिली, नेपाल भाषा (नेवारी), अवधी र अंग्रेजी भाषा समेतको समाचारहरु प्रकाशित गर्ने जमर्काे शुरु गरेका छौं । यी भाषा लगायत अन्य भाषाहरुप्रति उत्तिकै हाम्रो सम्मान रहँदारहँदै विभिन्न प्राविधिक कारणले हाल यी ५ भाषामा मात्र हामीले शुरु गर्ने जमर्काे गरेका हौं । हाम्रा पाठकवर्ग, शुभचिन्तक, विज्ञापनदाता एवम् आम नेपाली दाजुभाइहरुप्रति सम्मान व्यक्त गर्दै सबैमा आउँदै गरेको महान चाडहरुको शुभकामना व्यक्त गर्दछौं । हाम्रो यस मिडियाप्रति पाठकवर्गको सद्भाव प्राप्त भइरहने विश्वास लिएका छौं ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका...
काठमाडौं : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयमा पर्याप्त बजेट नभएको बताएका छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना...
काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...