प्रधानमन्त्री ओलीको घोषणा – सिकलसेलको औषधि भारतबाट ल्याएर वितरण गरिनेछ – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

प्रधानमन्त्री ओलीको घोषणा – सिकलसेलको औषधि भारतबाट ल्याएर वितरण गरिनेछ

धरान। प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्र भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि नेपालमा ल्याएर बिरामीलाई वितरण गर्ने बताएका छन्।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औं दीक्षान्त समारोहलाई संवोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले संसारमा खोज र अनुसन्धानबाट पत्ता नलाग्ने र इमानदार तथा लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भन्दै सिकलसेलको औषधि वितरण भारतबाट ल्याएर नेपालमा वितरण गरिने घोषणा गरेका हुन्।

नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको छ। उनले नेपालबाट ऋषि चरकले स्वास्थ विज्ञानको थालनी गरेको दाबी गर्दै सकभर निरोगी हुने र बिरामी भए सुलभरूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको बताए।

उनले नेपालका स्वास्थ्य संस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेको बताए।

समारोहमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित भएका छन्।

सम्बन्धित समाचार

सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
  • २०८१ कार्तिक २६, १७: ३३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०८१ कार्तिक २६, १७: ३३

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...

भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
  • २०८१ कार्तिक २६, १७: ३३

भक्तपुर । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको एक रेस्टुरेन्टमा शनिबार बिहान आगलागी भएको छ। शनिबार बिहान करिब ७...