काठमाडौं। नेपाली कांग्रेसले काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाएको छ। वडा सभापति समेत रहेका पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उम्मेदवारी दर्ता समेत भएको छ।
वडाध्यक्षका लागि ११ जनाको नाम सिफारिस भएको थियो। काठमाडौंका कांग्रेस सभापति सबुज बानियाँले अन्य आकांक्षीले नाम फिर्ता लिएर पाठकको नाम सर्वसम्मत चयन गरिएको जानकारी गराए।
गत निर्वाचनमा कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि उप निर्वाचन हुन लागेका छ।
वडा नम्वर १६ मा उपनिर्वाचनका लागि एमालेबाट लक्ष्मीरत्न तुलाधर, एकीकृत समाजवादीबाट मीनबबहादुर मानन्धर, रास्वपाबाट रोजिना श्रेष्ठ आदिले उम्मेदवारी दिएका छन्।
काठमाडौं : सांसदहरूले पूर्वी नेपालमा जंगली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतंक नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्...
काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...
काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...