काठमाडौँ : नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपाली कांग्रेससँगको सत्ता सहकार्य २०८४ सालको निर्वाचनसम्म कायम रहने बताएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी बाँकेले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले राजनीतिक स्ठिरता, संविधान संशोधन र जनताले अनुभूत गर्ने गरी विकास निमार्णका काम गर्नका लागि सरकार बनेको दावी गर्दै अधिकांश कामहरू सम्पन्न हुने चरणमा रहेकाले यो सरकारले जनताको विकासप्रतिको चाहना पुरा गर्ने बताए ।
मन्त्री अधिकारीले एमाले र कांग्रेसका केहि मन्त्री फेरिने कुरा हावादारी रहेको भन्दै सरकारलाई अस्थिर बनाउन यस्ता आधारहीन समाचार ल्याउने काम भएको बताए ।
एक फरक प्रसंगमा मन्त्री अधिकारीले सहकारीको क्षेत्रमा सरकारले गर्नुपर्ने सबै काम गर्ने बताए । सहकारी ऐन संशोधन एक महिना भित्रै गरिसक्ने, कर्जा असुली न्यायाधिकरण गठन, दोस्रो तहको नियामक निकाय (एसटिआइ) गठन गर्ने, कर्जा सूचना केन्द्रमा वित्तीय सहकारीलाई आवद्ध गर्ने काम अबको १-२ महिना भित्र सम्पन्न गर्ने बताए ।
मंसिर १५ भित्रै भूमि आयोगका जिल्ला संरचना गठन हुने र अबको ५-६ महिनाभित्रै सरकारले भूमिहिन सुकुम्वासीलाई लालपुर्जा वितरणको काम अघि बढ्ने मन्त्री अधिकारीको भनाई छ । मन्त्रालयको कामले बाँके जिल्ला आएको बेला अगुवा कार्यकर्ता भेला आयोजना गरिएको एमाले जिल्ला अध्यक्ष निरक गुरुङले बताए ।
काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...
काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...