प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा – Naya Bikalpa
November 14, 2025, Friday      Epaper

प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा

काठमाडौं : प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । सचिव अधिकारीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् ।

गत असारमा प्रतिनिधिसभाको सचिव बनेका अधिकारीले स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामा दिएका हुन् ।​​

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सोमबारदेखि लागू हुने गरी अधिकारीले राजीनामा दिएका हुन् ।

शिक्षासहित विभिन्न मन्त्रालय तथा निर्वाचन आयोगको सचिवका काम गरेर नियमित अवकास पाएका अधिकारी गत असार १८ गते सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए ।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०८१ मंसिर ९, १३: २५

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०८१ मंसिर ९, १३: २५

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०८१ मंसिर ९, १३: २५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...