राहदानी वितरणको काम ठप्प, सेवाग्राही आक्रोशित – Naya Bikalpa
December 14, 2024, Saturday

राहदानी वितरणको काम ठप्प, सेवाग्राही आक्रोशित

काठमाडौँ : आइतबार पनि राहदानी वितरणको काम ठप्प छ । पाँच दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउन पाएका छैनन् ।

आइतबारदेखि सेवा पुनः सुरु गर्ने दाबी गरेको राहदानी विभागले आइतबार सूचना जारी गर्दै विभागको मुख्य कार्यालय, जिल्ला स्थित प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट राहदानी सेवा प्रभावित नै रहेको जानकारी दिएको छ ।

विभागले सेवाग्राहीलाई परेको मर्काका लागि क्षमायाचना पनि गरेको छ । समस्या समाधानका लागि प्राविधिक टोलीले निरन्तर काम गरिरहेकाले छिट्टै सेवा सुरु हुने विभागको दाबी छ ।

सेवा रोकिँदा राहदानी बनाएर विदेश उड्नुपर्ने र प्रक्रिया थाल्नु पर्नेहरू प्रभावित भएका छन् । बुधबारदेखि नै राहदानी वितरणको सबै कामकाज ठप्प छ ।

प्रणालीका केही कम्प्युटर सफ्टवेयरमा मालवेयर छिरेको थाहा पाएपछि प्रणालीमा जोखिम नहोस् भनेर बन्द गरेको विभागले जनाएको छ । तथ्यांकको सुरक्षा लगायतका दृष्टिबाट सबै समस्या समाधान भएपछि सेवा सुरु हुने विभागले बताइरहेको छ ।

सेवा ठप्प भएपछि सेवाग्राही आक्रोशित भएका छन् । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय परिसरमा भेला भएकाहरुले छिटो सेवा सुरु गर्न माग गर्दै होहल्ला गरेका छन् ।

सम्बन्धित समाचार

अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
  • २०८१ मंसिर ९, १४: ३७

काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...

भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
  • २०८१ मंसिर ९, १४: ३७

काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...

परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
  • २०८१ मंसिर ९, १४: ३७

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...