प्रचण्डबाट कांग्रेसलाई प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर हप्तामा एकचोटी खबर आउँछ : महामन्त्री थापा – Naya Bikalpa
December 14, 2024, Saturday

प्रचण्डबाट कांग्रेसलाई प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर हप्तामा एकचोटी खबर आउँछ : महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरणलाई इमानदारितापूर्वक तीन वर्षसम्म लान चाहेको बताएका छन् ।

बिहीबार कीर्तिपुर नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थिरताका लागि सो आवश्यक भएको प्रष्ट पारे ।

महामन्त्री थापाले भने, “हामी लड्छौँ भन्दै गर्दा कोही पनि हाम्रो दुष्मन छैन।न प्रचण्ड हाम्रो दुस्मन हो न केपी ओली।आज केपी ओलीसँगसगै सरकारमा छौँ। हामी इमानदारितापूर्वक यो सरकारलाई तीन वर्ष लिएर जान चाहन्छौँ।किनकि, हामी सरकार तलमाथि गर्ने काम गर्न चाहँदैनौँ।परिणाम दिन चाहन्छौँ ।”

उनले अहिले पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट हप्तामा एक पटक प्रधानमन्त्री बनिदिनुस् भनेर प्रस्ताव आउने गरेको कुरा समेत खुलासा गर्नुभयो ।

उनले भने, “प्रचण्डले भर्खर बोलेर जानुभयो कि, यो–यो कारणले गर्दा सरकार बदलियो । नेपाली कांग्रेस अहिले पनि संसद्को सबैभन्दा ठूलो पार्टी हो।अहिले पनि प्रचण्डले हप्तामा एक पटक कांग्रेसलाई खबर पठाउनुहुन्छ, लौन प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर । यो खबर पठाउने काम पहिले अर्कैले गर्थे ।”

उनले शान्ति प्रक्रिया, संविधान निर्माणका बेलामा जस्तो कांग्रेसले अवस्था सम्हाल्न खोजेको बताए ।

सम्बन्धित समाचार

अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
  • २०८१ मंसिर १३, १९: ०५

काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...

भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
  • २०८१ मंसिर १३, १९: ०५

काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...

परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
  • २०८१ मंसिर १३, १९: ०५

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...