
रामेछाप : रामेछापमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
गोकुलगंगा गाउँपालिका ६ सिमलडाँडाको भिरमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ३ जना घाइते भएको रामेछापका डीएसपी प्रदीप सिंहले जानकारी दिए ।
गाडी भिरबाट करिब ३ सय मिटर तल खसेको उनले बताए । उनका अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतक तथा घाइतेहरूको परिचय खुल्न बाँकी छ ।
जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...
काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...
काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले...