डा. कोइराला पक्षको भेला नरोकिने – Naya Bikalpa
January 24, 2025, Friday

डा. कोइराला पक्षको भेला नरोकिने


काठमाडौं : आज नेपाली कांग्रेस कोशी प्रदेसमा कोइराला समुहको भेला नरोकिने भएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् प्रतिनिधि सभा सदस्य डाक्टर शेखर कोइराला समुहको कोशी प्रदेशस्तरिय १३७ पालिका र काठमाडौं ,पोखरा , विरगन्ज , ललितपुर , भरतपुर लगायतका सभापतिहरु समेतको भेला आज विराटनगरको जैनभवनमा दिउँसो एक वजे सुरु हुँदैछ ।

पार्टी केन्द्रीयका र्यालयले उक्त भेला रोक्न भनेर व्यक्तव्य जारि गरेता पनि नेपाली कांग्रेस १७ पालिका समिति मोरङ्गले आजको भेला नरोकिने भन्दै सवैमा निमन्त्रणा पठाएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले पत्र पठाएरै उक्त भेला रोक्न निर्देशन दिएको थियो । तर भेला नरोकिने आयोजक पक्षले जानकारी दिएको छ ।

भेलामा सबै जिल्ला सभापति, क्षेत्रीय सभापतिहरुलाई समेत डाकिएको छ ।

तर कांग्रेस केन्द्रीय कार्यालयले भने २२ गते निर्धारित स्थानीय तहका सभापतिहरुको भेला बहेक अन्य कुनै कार्यक्रम नरहेको भन्दै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोशीका सबै जिल्ला सभापतिलाई पत्र पठाएका हुन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
  • २०८१ मंसिर १८, ०८: ४२

काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

बाँध मर्मतको काम अन्तिम चरणमा
बाँध मर्मतको काम अन्तिम चरणमा
  • २०८१ मंसिर १८, ०८: ४२

राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
  • २०८१ मंसिर १८, ०८: ४२

काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...