काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस र एमालेको गठबन्धनबाट बनेको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् ।
मंगलबार विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय पालिका सभापतिको भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले दुई ठूला पार्टीको गठबन्धनबाट बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका हुन् ।
डा. कोइरालाले पालिका सभापतिहरुको संरक्षण आफूले गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो पक्षको भेलामा आएका पालिका अध्यक्षहरुलाई भय नराख्न आग्रह गर्दै संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले आज लागि तय भएको कार्यक्रम धेरै पहिले नै टुंगो लगाएकाले विवाद गर्नुपर्ने विषय नरहेको बताए । विराटनगर र सुनसरी बाहेकका पालिका सभापतिलाई अलि टाढा रहेकाले प्रशिक्षणको उद्देश्यले भेला डाकिएको उनले सुनाए ।
डा कोइरालाले संविधानमा नमिलेका विषय मिलाउने, मुलुकमा सुशासन कायम गर्ने र जनतालाई आशा जगाउने गरी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य राखेर वर्तमान गठबन्धनको सरकार बनेको स्पष्ट पारे ।
डा. कोइरालाले जे उद्देश्य राखेर सरकार गठन गरिएको हो त्यो उद्देश्य प्राप्तिका लागि सरकारले काम गरिरहेको नदेखिएको टिप्पणी गरे । डा. कोइरालाले सरकार बनेको ४ महिनामा संविधान संशोधनको विषयमा कांग्रेस र एमालेबिचमा छलफलसमेत सुरु नभएको बताए ।
उनले २०८३ को मंसिरसम्म १५ औं महाधिवेशन हुने सम्भावना नदेखिएको बताए । अधिवेशनमा समयमा हुनुपर्छ भनी गाउँ गाउँमा भन्नु जरुरी र दबाब सिर्जना गर्नुपर्ने अवस्था रहेको बताए ।
काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...
राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...
काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...