वाइडबडी भ्रष्टाचार : शंकर अधिकारी, सुगतरत्न कंसाकार, बुद्धिसागर लामिछाने र शिशिर ढुंगाना दोषी ठहर – Naya Bikalpa
May 14, 2025, Wednesday      Epaper

वाइडबडी भ्रष्टाचार : शंकर अधिकारी, सुगतरत्न कंसाकार, बुद्धिसागर लामिछाने र शिशिर ढुंगाना दोषी ठहर

काठमाडौं : विशेष अदालत काठमाडौंले दुई वटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको दावी गरिएको मुद्दामा फैसला सुनाउँदै आंशिक दोषी ठहर गर्ने फैसला सुनाएको छ ।

बिहीबार विशेष अदालतले चार जना नेपालीलाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर न्यायाधीश  तेज नारायण सिंह राई र  न्यायाधीश  रितेन्द्र थापाको इजलासले नेपाल वायु सेवा निगमका अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार र सहसचिवहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाईलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतले १ अर्ब ४७ करोड रुपैयाँ नै भ्रष्टाचार भएको ठहर गर्दै दामासाहीले बिगो असुल्नुपर्ने फैसला गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए ।

वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २२ चैत २०८० मा विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित अरु आरोपितलाई सफाइ दिएको छ ।

अख्तियारले वाइडबडी प्रकरणमा १ अर्ब ४७ करोड रूपैयाँ हानि नोक्सानी भएको निष्कर्ष निकालेको थियो । अख्तियारले सबै ३२ आरोपितमाथि समान बिगो मागदाबी गरेको थियो । आरोपितमध्ये ७ जना सञ्चालक समितिका पदाधिकारी र १४ जना निगम कर्मचारी थियो ।

वाइडबडी जहाज खरिद प्रक्रियामा बदनियत साथ काम गरेको आरोपमा तीन विदेशी नागरिकसहित पाँच कम्पनी र तिनका प्रतिनिधिविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । सबैमाथि एउटै रकम अर्थात् १ अर्ब ४७ करोड रूपैयाँ बिगो मागदाबी गरेको थियो ।

सम्बन्धित समाचार

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
  • २०८१ मंसिर २१, ०७: ३९

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार...

गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता
गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता
  • २०८१ मंसिर २१, ०७: ३९

गण्डकी : गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ । अबदेखि निजी चार पाङ्ग्रे तथा दुई...

स्कटल्याण्डमा हुने सिरिज खेल्ने नेपाली टोलीको बिदाइ
स्कटल्याण्डमा हुने सिरिज खेल्ने नेपाली टोलीको बिदाइ
  • २०८१ मंसिर २१, ०७: ३९

काठमाडौं : स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ । नेपाल...