
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले पहिलो जित हात पारेको छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो । चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
कर्णालीका लागि शिखर धवनले ४५, चडविक वाल्टनले ३०, देव खनालले २५, जीशन मक्सूदले १२ र अर्जुन बिटालुले ११ रन बनाए । चितवनका लागि कुशल मल्ल, निकोल लोफ्टिई इटोन र रवि बोपाराले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३० रन बनाएको हो ।
चितवनका लागि रवि बोपारा अविजित रहँदै अर्धशतकीय पारी खेले । उनले ४० बलमा १ छक्का र ७ चौकाको मद्दतले ५९ रन बनाए । कप्तान कुशल मल्लले २३, विपीन रावलले ११, जान निकोल लोफ्टी इटन र अमर रौतेलाले समान ९-९ र दीपक बोहोराले ८ रनको योगदान दिए ।
शरद भेषावकरले अविजित रहँदै ६ रन जोडे भने सोहेल तनवीर शून्य रनमा आउट हुन पुगे । चितवनले अतिरिक्त ५ रन प्राप्त गर्यो । कर्णाली याक्सका लागि विपीन शर्माले सर्वाधिक ३ विकेट लिए । कर्णालीका जिशान मकसूदले २, नन्दन यादव र कप्तान सोमपाल कामीले १-१ विकेट हात पारे ।
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र देखिएको अत्यन्तै जटिल अवस्थाले मुलुककै लागि ठुलो राजनैतिक चुनैाती थपिएको...
इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...
काठमाडौं : नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ...