राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा – Naya Bikalpa
November 14, 2025, Friday      Epaper

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरे ।

प्रोस्टेटसम्बन्धी समस्याका कारण केहीदेखि अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको उपचारमा सम्लग्न चिकित्सकहरुसँग प्रधानमन्त्री ओलीले उपचारको सम्पूर्ण विवरणबारे जानकारी लिएका थिए ।

यही मंसिर १९ गते सो अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने हाल उनको अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०८१ मंसिर २१, १८: ०९

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०८१ मंसिर २१, १८: ०९

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०८१ मंसिर २१, १८: ०९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...