पत्रकार महासंघको निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न, गठबन्धनमा भाँडभैलो – Naya Bikalpa
January 24, 2025, Friday

पत्रकार महासंघको निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न, गठबन्धनमा भाँडभैलो

काठमाडौं : नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । ५२ सदस्य केन्द्रीय समितिका लागि उम्मेदवारी दर्ता भएको हो । जसअनुसार अध्यक्ष पदमा लालसिंह (एल.एस. लामा), देवीप्रसाद सापकोटा, कमल गिरी, रमेश विष्ट र निर्मला शर्मा गरी पाँच जनाको उम्मेदवारी परेको छ ।

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् । यो प्यानलबाट महासंघको अध्यक्षमा निर्मला शर्मा साझा उम्मेदवार बनेकी छन् ।

यस्तै प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्च नेपाल संयुक्त प्यानल बनाएर महासंघको महाधिवेशनमा उम्मेदवारी दिएका छन् । मंसिर २८ गतेका लागि तोकिएको निर्वाचनका लागि महासंघको केन्द्रीय कार्यालयमा मनोनयन दर्ता गरिएको हो ।

वरिष्ठ उपाध्यक्षमा दामोदर प्रसाद दवाडी, गोविन्द प्रसाद चौलागाईं, रोशन पुरी र दीपक आचार्यको उम्मेदवारी परेको छ । यस्तै महासचिव पदमा जन्मदेव जैसी, लेखनाथ न्यौपाने, प्रकाश थापा र रामप्रसाद दाहालले उम्मेदवारी दिएका छन् ।

सचिव खुलामा उत्तरसिंह विष्ट, कुमार ओझा, रमेश खतिवडा, बालकृष्ण अधिकारी, छविलाल दाहाल, माधव दुलाल र केदारनाथ भट्टराईको उम्मेदवारी परेको छ । यस्तै सचिव महिलामा सोनी शर्मा र कल्पना शर्माको उम्मेदवारी परेको छ ।

नेपाल प्रेस युनियनकै तर्फबाट विभिन्न पदमा अन्य सक्रिय पत्रकारहरुले पनि उम्मेदवारी दिएपछि गठबन्धनमा भाँडभैलो मच्चिएको छ ।

युनियनकै नेता दामोदर प्रसाद दवाडी वरिष्ठ उपाध्यक्ष , महासचिवमा प्रकाश थापा, खुला सचिवमा बालकृष्ण अधिकारी, महिला सचिवमा कल्पना शर्मालगायत सक्रियता, निरन्तरता र क्रियाशीलता भएका पत्रकारहरुले उम्मेदवारी दिएपछि युनियनका अध्यक्ष शिव लम्सालसँग पार्टी नेतृत्वसमेत आक्रोशित भएको छ ।

पटक-पटक विवाद र बद्‍नाम भएका लम्सालले सक्रिय पत्रकारलाई लत्याउँदै पत्रकारितामा सक्रिय नभएकाहरुलाई महासंघ नेतृत्वमा पठाउने निर्णय गरेपश्चात प्रजातन्त्रवादी पत्रकारसमेत आक्रोशित भएका छन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
  • २०८१ मंसिर २१, २०: ०७

काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

बाँध मर्मतको काम अन्तिम चरणमा
बाँध मर्मतको काम अन्तिम चरणमा
  • २०८१ मंसिर २१, २०: ०७

राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
  • २०८१ मंसिर २१, २०: ०७

काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...