राष्ट्रिय सहमतिमा शान्ति प्रक्रिया टुंग्याइन्छ : प्रचण्ड – Naya Bikalpa
February 13, 2026, Friday      Epaper

राष्ट्रिय सहमतिमा शान्ति प्रक्रिया टुंग्याइन्छ : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक भएकाले सहमतिमा नै त्यसलाई निष्कर्षमा पुर्‍याइने बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा सभा तथा प्रथम राष्ट्रिय परिषद् बैठकमा उनले अन्तिम चरणमा पुगेको शान्तिप्रक्रियालाई टुङ्ग्याउन राष्ट्रिय एकता र सहमति अपरिहार्य भएको बताए ।

अध्यक्ष दाहालले अन्तिम चरणमा पुगेको शान्ति प्रक्रियालाई राष्ट्रिय सहमतिबाटै टुंगोमा पुर्‍याउनुपर्छ”, उनले भने । एकता प्रक्रियामा जोडिएका शिक्षकलाई स्वागत गर्दै उनले यसले बृहत् एकताको बाटो फराकिलो बनाउने बताए ।

आफू प्रधानमन्त्री भएका बेला विद्यालय शिक्षा विधेयक संसद्मा  दर्ता भएको जानकारी दिँदै उनले यसलाई पारित गराउन फेरि एक पटक सबैले बल गर्नुपर्नेमा जोड दिए । “विधेयक अझै पूर्ण नभएको भनी शिक्षक आन्दोलन भइरहेको छ, शिक्षकका माग समेटेर संशोधित विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्नुपर्छ”, उनले भने । यो विधेयक पारित गराउन आफूले हर सम्भव प्रयत्नज गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन र शिक्षक समाजबीच एकता

सो अवसरमा माओवादी केन्द्रको विचारसँग सहमत भएका शिक्षकहरूको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टी निकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ । समाजका सबै तहका कमिटी संगठनमा समाहित भएका छन् ।

संगठनका अध्यक्ष शंकर अधिकारी र  समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गरे । सो क्रममा दुवै संगठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबीच एकता भएको घोषणा गरिएको थियो ।

संगठनका अध्यक्ष अधिकारीले शिक्षक अधिकारका निम्ति एकता आवश्यक भएको बताए । समाजका अध्यक्ष गौतमले शैक्षिक आन्दोलनलाई अघि बढाउन एकताबद्ध पहलको खाँचो औँल्याए ।

सम्बन्धित समाचार

मुलुकको स्थिरताका लागि निर्वाचन अपरिहार्य : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
मुलुकको स्थिरताका लागि निर्वाचन अपरिहार्य : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
  • २०८१ मंसिर २२, १६: ४२

काठमाडौंः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई अस्थिरता र बारम्बार हुने विद्रोहबाट जोगाउन निर्वाचन महत्वपूर्ण रहेको बताएका छन् ।...

आलोपालो प्रधानमन्त्री हुने प्रथा अन्त्य गर्नुपर्छः शर्मा
आलोपालो प्रधानमन्त्री हुने प्रथा अन्त्य गर्नुपर्छः शर्मा
  • २०८१ मंसिर २२, १६: ४२

बुटवल । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गर्नुपर्ने बताएका छन्।बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै...

बंगलादेशमा बीएनपीलाई बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित
बंगलादेशमा बीएनपीलाई बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित
  • २०८१ मंसिर २२, १६: ४२

काठमाडौं : बंगलादेशमा बिहीबार भएको संसदीय चुनावमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ। पार्टीले २९९ सिटमध्ये १६५...