काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति अहिले सरकारमा भएका राजनीतिक दलहरूको हातमा नभएको दाबी गरेका छन् ।
सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बिचौलिया र दलालहरूको हातमा देशको राजनीति रहेको प्रष्टै देखिएको बताए ।
उनले रातको अँध्यारोमा आ–आफ्नो घर घुमाएर, उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौं, नत्र राख्दैनौं भन्नेजसो गर्दै मुखौटाका रुपमा नेताहरुले काम गरिरहेको आरोप लगाए ।
उनले दलाल विचौलियाहरुले आफ्नो संख्याको तागत देखाएको भन्दै अब आफूहरुले जनताको तागत फेरि एकचोटी देखाउनुपर्ने अवस्था आएको बताए । अध्यक्ष प्रचण्डले उपनिर्वाचनमा पालिकातिरको मत जोड्दा माओवादी सिधै एक नम्बर भएको तर एक नम्बर भन्न बल नआएको दाबी गरे ।
काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...
राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...
काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...