सहकारी ठगीमा लेखा समिति सभापतिकी पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा दायर – Naya Bikalpa
November 7, 2025, Friday      Epaper

सहकारी ठगीमा लेखा समिति सभापतिकी पत्नी अञ्जलासहित २६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जना विरुद्ध सहकारी ठगीमा मुद्दा दायर भएको छ ।

उनीहरूले मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्थामा ठगी गरेको आराेपमा मुद्दा दायर भएको हो ।

बिहीबार सरकारी वकिलको कार्यालयले लेखा समिति सभापति पोखरेलकी पत्नी कोइरालासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको हो । सहकारी ऐन २०७४ को दफा १२२ अनुसार २६ जनालाई प्रतिवादी बनाएको छ ।

सहकारीका वर्तमान अध्यक्ष धनपालथान–४ घर भइ विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंहविरुद्ध मुद्दा दायर भएको छ ।

यसैगरी सञ्चालक समिति सदस्य जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुर, लेखा समितिका संयोजक धनपालथानका विजयकुमार यादव तथा सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासलगायत २६ जनालाई प्रतिवादी बनाइएको छ ।

सम्बन्धित समाचार

अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छ : ओली
अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छ : ओली
  • २०८१ मंसिर २८, ११: ४९

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने बताएका...

सर्वोच्च अदालत आगामी मंसिर १ देखि पूर्ण रूपमा सञ्चालन हुने
सर्वोच्च अदालत आगामी मंसिर १ देखि पूर्ण रूपमा सञ्चालन हुने
  • २०८१ मंसिर २८, ११: ४९

काठमाडौं : आगामी मंसिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी...

परिवर्तित अवस्थामा पार्टीभित्र एकता आवश्यक : डा. शेखर कोइराला
परिवर्तित अवस्थामा पार्टीभित्र एकता आवश्यक : डा. शेखर कोइराला
  • २०८१ मंसिर २८, ११: ४९

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले परिवर्तित राजनीतिक परिस्थितिमा पार्टीभित्र एकता र जिम्मेवार सहकार्य अपरिहार्य भएको बताएका छन्।...