माओवादीको केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने – Naya Bikalpa
January 24, 2025, Friday

माओवादीको केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने भएको छ । शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकले पुस २१ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यसअघि २६ कात्तिकमा बसेको पदाधिकारी बैठकले पुस २ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो । उक्त बैठकको तयारीका लागि पुस १८, १९ र २० गते लगातार तीन दिन स्थायी समिति बैठक बस्ने निर्णय भएको पनि सापकोटाले बताए ।

खबरदारी सभा र पालिका सम्मेलन एकैसाथ गर्ने भनिएपनि त्यो हुन नसकेपछि तयारीसहित अब २१ गते बस्न लागेको उनले बताए ।

बैठकले देशलाई दुई दलीय व्यवस्थातर्फ लैजाने कांग्रेस र एमालेको योजनालाई स्थानीय तहको उपचुनावले खण्डित गरेको निकालेको छ । स्थानीय चुनावको समिक्षा गर्दा सारमा उत्साहपूर्ण नतिजा आएको निस्कर्ष बैठकले निकालेको प्रवक्ता सापकोटाले बताए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
  • २०८१ मंसिर २८, १६: ४१

काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

बाँध मर्मतको काम अन्तिम चरणमा
बाँध मर्मतको काम अन्तिम चरणमा
  • २०८१ मंसिर २८, १६: ४१

राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
  • २०८१ मंसिर २८, १६: ४१

काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...