काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत २.९२४ करोड रुपैयाँ लगतको उक्त परियोजना जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकी तथा भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले क्याम्पस व्यवस्थापन समितिलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।
उक्त परियोजनालाई जिल्ला समन्वय समिति काठमाडौंमार्फत कार्यान्वयन गरिएको थियो। नवनिर्मित संरचनाले सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसका विद्यार्थीहरूलाई व्यावसायिक शैक्षिक दक्षता प्रदान गर्न सहयोगी हुने नेपालस्थित भारतीय दूतावासले विश्वास लिएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तलिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पस सन् २००० मा स्थापना भएको थियो । क्याम्पसले तीन वर्षे प्रोफिसियन्सी सर्टिफिकेट लेभल कोर्स (पिसिएल) अध्यापन गराउँदै आएको छ भने प्रत्येक वर्ष १२० तालिमप्राप्त नर्स उत्पादन गर्दछ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख, शंखरापुर नगरपालिकाका उपमेयर, राजनीतिक प्रतिनिधिहरु र सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसका अध्यक्षले नेपाली जनताको उत्थानमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका थिए ।
काठमाडौं : भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे सत्तारुढ दलहरू नेपाली कांग्रेस तथा नेकपा एमाले र प्रतिपक्षी माओवादीबीच २...
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...
काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...