केपी अ‍ोली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजे : भीम रावल – Naya Bikalpa
November 15, 2025, Saturday      Epaper

केपी अ‍ोली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजे : भीम रावल

काठमाडौं : नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले ठूला भनिएका दलहरु सिद्धान्तहिन बन्दै गइरहेको बताएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै ठूला दलहरु गन्तव्यहिन, आदर्शहिन बाटोतर्फ गइरहेको बताएका हुन् ।

उनले भने, ‘ठूला भनिएका दलहरु सिद्धान्तहिन, गन्तव्यहिन र आर्दशहिन बाटोमा लागेका छन् । जसरी जो सँग भएर मिलेर पनि पद हत्याउने होडबाजी चलिरहेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध कुटनीति अत्यन्त फितलो र लज्जासपद बनाइएको छ ।’

यसैगरी उनले असमान सन्धि सम्झौताको भारी निरन्तर बढ्दै गइरहको बताए । उनले राष्ट्रिय सम्पत्ति र सीमा धेरै नै असुरक्षित बनिरहेको पनि बताए ।

उनले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा अ‍ोली सत्ताको दुरुपयोग गरेर तानाशाह बन्न खोजेको आरोप लगाए । उनले आफूले पाँच दशकसम्म काम गरेको एमालेमा केपी ओलीबाट भएको क्रियाकलापको विरोध गरेको स्मरण गराए । उनले देश र जनताको सर्वोपरि हितका लागि आफू वैकल्पिक बाटो हिँड्न बाध्य भएको बताए ।

उनले भने, ‘सत्तामा हालीमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्, भाडाका सिपाही, श्रमिक, सुसारे, सेवक भएर विदेशमा पसिना बगाउन थुप्रै नेपाली बाध्य भइरहेका छन् ।’

उनले एमालेमा विभाजन गर्न खोज्नेहरुलाई मात्रै ओलीले अवसर दिएको तर पार्टी बनाउनेहरुलाई सदस्यबाट निकाल्ने काम गरेको भन्दै आक्रोश पोखे । उनले आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय केपी ओलीले आफूप्रति गरेको चरम प्रतिशोध भएको स्पष्ट पारे ।

उनले भने, ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र ? ’

साथै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोख्दै झुटा कुरामा लत बसेको आरोप लगाए ।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०८१ पुष १७, १५: १०

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०८१ पुष १७, १५: १०

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०८१ पुष १७, १५: १०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...