माधवजी र म एक हुने भयौं : वामदेव गौतम  – Naya Bikalpa
November 14, 2025, Friday      Epaper

माधवजी र म एक हुने भयौं : वामदेव गौतम 

काठमाडौं : नेकपा एकीकृत समाजवादी प्रवेशको तयारीमा रहेका नेता वामदेव गौतमले पछिल्ला छलफलहरू सकारात्मक भएको बताएका छन् । नेकपा एस र गौतमबीच बुधवारको वार्ता सकारात्मक रहेको दुवैतर्फका नेताले बताएका हुन्  ।

गौतमका अनुसार, छलफल सहमतिनजिक पुगेको छ । आज भएका छलफल र जुटेका सहमतिका बारेमा आफूले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानको बैठक बोलाइने र त्यसबाट अनुमोदन गरेपछि बाँकी काम सम्पन्न गर्ने उनले बताए । उनले माधव नेपाल र आफू एक हुन लागेको र आधिकारिक रुपमा निर्णय हुन मात्र बाँकी रहेको पनि जानकारी दिए ।

पार्टीमा नेता गौतमलाई वरिष्ठ नेताको पदसहित तेस्रो वरियता दिने विषयमा सबै नेताबीच मतैक्यता रहेको एकीकृत समाजवादीको तर्फबाट वार्तामा सहभागी पोलिटब्युरो सदस्य बलराम बास्कोटाले बताए । त्यसबाहेक गौतम नेतृत्वको अभियानबाट एकतामा सहभागी हुने नेताको हैसियतअनुसारको पद व्यवस्थापनमा पनि नेताहरूको बीचमा कुरा मिलेको उनले बताए ।

बुधवारको वार्तामा गौतम एक्लै थिए । एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष तथा प्रचार प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, सचिव सावित्रा भुसाल, गणेश विक, चन्द्रबहादुर शाही, स्थायी कमिटी सदस्य बलराम बास्कोटासहितका नेता सहभागी थिए ।

सम्बन्धित समाचार

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या
  • २०८१ पुष १७, १७: २०

धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...

सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
सेनाद्वारा चिसोबाट अस्वस्थ भएका प्रहरीको उद्धार
  • २०८१ पुष १७, १७: २०

काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याएको...

रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग  गरे पाँच बुँदे सहमति
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी, बाबुराम र जनार्दनसँग गरे पाँच बुँदे सहमति
  • २०८१ पुष १७, १७: २०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...