
काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकले केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्ने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
बैठकमा आगामी २१ पुसदेखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारी हुने बताइएको छ ।
आजको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका छन् । पुन यसअघि पनि माओवादीका बैठकहरूमा सहभागी हुँदै आएका थिए ।
उनी सक्रिय राजनीतिमा आउन खोजिरहेका छन् । उनलाई माओवादीमा उपाध्यक्ष बनाएर सक्रिय बनाउने तयारी छ । तर, यस विषयमा पार्टीभित्र सहमति जुटिसकेको छैन ।
धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...