एमाले केन्द्रीय कमिटीमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि छलफल – Naya Bikalpa
January 16, 2026, Friday      Epaper

एमाले केन्द्रीय कमिटीमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि छलफल

काठमाडौं : एमालले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकमा पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीमा छलफल हुने विषय वस्तु समेटेर तयार पारिएको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको हो ।

प्रतिवेदनमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारका कामकारवाही, अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषय समेटिएको छ ।

एमाले र कांग्रेस मिलेर बनेको सरकार र त्यसको औचित्यबारे समेत राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीमा छलफल हुने विषय वस्तुका बारेमा छलफल भएको जानकारी दिए ।

सरकार बनिसकेपछि आएको अर्थतन्त्रमा सुधार, विकास निर्माणका कामहरूसमेत प्रतिवेदनमा समेटिएका छन् । प्रतिवेदनमा पछिल्लो समय समाजमा बढिरहेको अराजकता र त्यसको निराकरणको उपायहरू समेत समावेश गरिएको छ ।

बैठकपछि ज्ञवालीले एमाले र कांग्रेस सरकार बनेपछि मुलुकमा स्थिरता आएको र मुलुकको अर्थतन्त्रले समेत लय लिएको दावी गरे । बीआरआई समेत एमाले र कांग्रेसको सहमतिमा हस्ताक्षर भएको उनले बताए ।

सम्बन्धित समाचार

पार्टीलाई कमजोर पार्ने स्वार्थहरुलाई रोक्न सकिएन : डा. शेखर कोइराला
पार्टीलाई कमजोर पार्ने स्वार्थहरुलाई रोक्न सकिएन : डा. शेखर कोइराला
  • २०८१ पुष १८, १६: १६

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र देखिएको अत्यन्तै जटिल अवस्थाले मुलुककै लागि ठुलो राजनैतिक चुनैाती थपिएको...

ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
  • २०८१ पुष १८, १६: १६

इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु...

नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति
नेकपा (माओवादी) र जेनजी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति
  • २०८१ पुष १८, १६: १६

काठमाडौं : नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ...