एमाले केन्द्रीय कमिटीमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि छलफल – Naya Bikalpa
February 6, 2025, Thursday

एमाले केन्द्रीय कमिटीमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि छलफल

काठमाडौं : एमालले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकमा पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीमा छलफल हुने विषय वस्तु समेटेर तयार पारिएको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको हो ।

प्रतिवेदनमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारका कामकारवाही, अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषय समेटिएको छ ।

एमाले र कांग्रेस मिलेर बनेको सरकार र त्यसको औचित्यबारे समेत राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीमा छलफल हुने विषय वस्तुका बारेमा छलफल भएको जानकारी दिए ।

सरकार बनिसकेपछि आएको अर्थतन्त्रमा सुधार, विकास निर्माणका कामहरूसमेत प्रतिवेदनमा समेटिएका छन् । प्रतिवेदनमा पछिल्लो समय समाजमा बढिरहेको अराजकता र त्यसको निराकरणको उपायहरू समेत समावेश गरिएको छ ।

बैठकपछि ज्ञवालीले एमाले र कांग्रेस सरकार बनेपछि मुलुकमा स्थिरता आएको र मुलुकको अर्थतन्त्रले समेत लय लिएको दावी गरे । बीआरआई समेत एमाले र कांग्रेसको सहमतिमा हस्ताक्षर भएको उनले बताए ।

सम्बन्धित समाचार

सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा
सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा
  • २०८१ पुष १८, १६: १६

काठमाडौं : राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । सुरक्षा उपकरण...

युक्रेनी सेनाको कब्जामा परेका २ नेपालीको उद्धार
युक्रेनी सेनाको कब्जामा परेका २ नेपालीको उद्धार
  • २०८१ पुष १८, १६: १६

काठमाडौं : ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका २ नेपाली युवाको उद्धारपछि शुक्रबार नेपाल आइपुग्ने भएका छन् । दलालको प्रलोभनमा...

सरकारको मनोमानी कर आतंक बारेमा अर्थबिज्ञ सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा
सरकारको मनोमानी कर आतंक बारेमा अर्थबिज्ञ सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा
  • २०८१ पुष १८, १६: १६

काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब...