काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संस्मरण आमा, सपना र ताराहरू विमोचन गरिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा उक्त संस्मरण पुस्तक सार्वजनिक गरिएको हो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलगायतले पोखरेलको किताब विमोचन गरेका हुन् ।
कार्यक्रममा कांग्रेसका महामन्त्री शर्माले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा नफर्किन सुझाव दिए । राजनीतिमा भन्दा सामाजिक रुपान्तरणको नायक बन्न शर्माको सुझाव छ ।
राजनीतिमा आएर कुनै एक दलको नेता मात्र बन्ने अवसर पनि रहेको र सामाजिक रुपान्तरणको नायक बनेर सबैको नेता बन्ने सुविधा पनि पूर्वराष्ट्रपतिहरूमा रहेको उनको भनाइ थियो ।
पूर्वराष्ट्रपति भण्डारी एमालेमै सक्रिय हुन खोजेको चर्चा भइरहेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब...
काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...
काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव...