काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद (वेस्ट मिनिस्टर) मा सम्बोधन गर्ने भएका छन् । उनले १३ जनवरी २०२५ मा संसद भवनभित्र आयोजना गरिने विशेष कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् ।
संसदको उक्त कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहनेछ ।
नेता कोइराला बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार बाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा जनवरी ९ मा त्यसतर्फ जाँदैछन् ।
बेलायतको संसद भवनभित्र त्यहाँका मन्त्री र सांसदलाई सम्बोधनको अवसर पाउने डा. कोइराला पहिलो नेपाली नेता हुन् ।
कांग्रेसको १५औं महाधिवेशनबाट नेतृत्वमा पुग्नेगरी हाल नेता डा. कोइराला देश दौडाहामा छन् । संस्थापन इतर पक्षको नेतृत्व गरिरहेका डा. कोइराला सभापतिका हकदार दाबेदार हुन् ।
समयमा महाधिवेशन गराउने र अबको निर्वाचनमा कसैसँग गठबन्धन नगरी एक्लै चुनावी प्रतिस्पर्धामा जान सक्ने बिलियो कांग्रेस बनाउने आफ्नो लक्ष्य रहेको नेता डा. कोइरालाले बताउँदै आएका छन् ।
काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...
राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...
काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...