गिरीबन्धुसहित सबै प्रकरणका फाइल खोलौं, छानबिन गरौं : गगन थापा – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

गिरीबन्धुसहित सबै प्रकरणका फाइल खोलौं, छानबिन गरौं : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको चर्चामा रहेका सबै फाइल खोल्न फेरि प्रस्ताव गरेका छन् । केही दिन अघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा यही प्रस्ताव राखेका गगनले शनिवार गण्डकी कांग्रेसको कार्यक्रममा पुगेर सोही कुरा दोहोर्‍याएका छन् ।

उनले ललिता निवास, गिरीबन्धु टि स्टेट, क्यान्टोनमेन्टलगायतका सबै प्रकरणको छानबिन गर्नुपर्ने उल्लेख गरे ।

राज्य व्यवस्था समितिको बैठकमा गगनले ‘सत्तामा रहँदा फाइल खोल्दिऊँ, खोल्दिऊँ भनेर ब्ल्याक मेल गर्ने र बाहिर पुगेपछि फाइल खोल्न लागेकाले हटाइदिए’ भन्ने प्रवृत्ति मौलाएको भन्दै त्यसले जनतामा भ्रम सिर्जना भएको बताएका थिए । त्यसैले जे जति चर्चामा छन् सबै फाइल खोलेर जनतालाई प्रस्ट पार्नुपर्ने उनको प्रस्ताव थियो ।

‘हामीले एकपल्ट आँट गरौँ, बाहिर भ्रष्टाचार भ्रष्टाचार भन्या छन् यसलाई बाहिर निकालौँ, कांग्रेस र एमाले सरकारमा छौँ, माओवादीलाई पनि बोलाऔँ । त्यहीँ बालुवाटारको कोठामा बस्दा बस्दा उहाँहरूको बानी बसिसक्यो त्यहीँ बसौँ,’ महामन्त्री गगनले शनिवार पोखरामा भने, ‘कुन कुन फाइल खोल्ने भनिएको हो ? फाइलको नाम लेखौँ ।’

भ्रष्टाचारको अनुसन्धान गर्न सशक्त शक्तिशाली आयोग बनाउनेमा जोड दिँदै पूर्वप्रधानन्यायाधीशको अध्यक्षमा आयोग गठन गर्न सुझाव दिए ।

महामन्त्री थापाले लोकप्रिय मत प्राप्त गर्ने दलले ५ वर्ष नै सरकार संचालनको सुनिश्चितताको लागि संविधान संशोधन गरिने बताए । ‘जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ, त्यसले ५ वर्ष सरकार चलाउन पाउनुपर्छ,’ थापाले भने ।

उनले एउटै प्रधानमन्त्रीले ५ वर्ष नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । महामन्त्री थापाले लोकप्रिय मत प्राप्त गरे पनि सरकार चलाउन नपाउने र गठबन्धन गर्नै पर्ने बाध्यता रहेको तर गठबन्धन संस्कार नेपालमा नरहेको जिकिर गरे ।

‘आम नागरिक यो सरकार यसले चलाओस् भन्ने चाहन्छन् । मतमा अभिव्यक्त पनि गर्छन । तर, निर्वाचन प्रणाली यस्तो बनाइएको छ कि त्यो राजनीतिक दलले ५ वर्षको अवधि सरकार चलाउन पाउँदैन’, उनले भने ।

सरकारमा बसेको प्रधानमन्त्रीले प्रत्येक १० दिनमा आएर यो सरकार परिवर्तन हुँदैन भनेर भन्नु परिरहेको भन्दै उनले नेपालको सन्दर्भमा गठबन्धन फिट नभएको समेत उल्लेख गरे ।

संविधान संशोधनका बारेमा कांग्रेसभित्र छलफल भइसकेको र अब एमालेसँग छलफल गर्ने उनले बताए । त्यसपछि अन्य दलहरुसँग पनि छलफल गर्दै नागरिकका बीचमा पनि जाने थापाको भनाइ छ ।

सम्बन्धित समाचार

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
  • २०८१ पुष २१, ०७: ४९

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...

दीपक मनाङे कारागारबाट छुटे
दीपक मनाङे कारागारबाट छुटे
  • २०८१ पुष २१, ०७: ४९

काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...

६ दलले पाए राष्ट्रिय दलको मान्यता
६ दलले पाए राष्ट्रिय दलको मान्यता
  • २०८१ पुष २१, ०७: ४९

काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका...