सर्वेन्द्र खनालले छाडे एमाले – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

सर्वेन्द्र खनालले छाडे एमाले

काठमाडौं : नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै आफू कुनै पनि पार्टीमा आबद्ध नरहेको जानकारी दिएका हुन्।

उनले भनेका छन्, ‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन । म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु । म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सधैँ सक्दो कार्यहरू गरिरहने छु।’

खनालले २६औं प्रहरी प्रमुखका रूपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमालेसँग जोडिएका थिए। पछि औपचारिक रूपमै ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरेका थिए।

उनले ०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ मा एमालेबाट उम्मेदवार बनेका थिए। त्यतिबेला उनी रास्वपाका शिशिर खनालसँग पराजित भए।

सम्बन्धित समाचार

भिजिट भिसा प्रकरण : कांग्रेस–एमाले र माओवादीबीच २ बुँदे सहमति
भिजिट भिसा प्रकरण : कांग्रेस–एमाले र माओवादीबीच २ बुँदे सहमति
  • २०८१ पुष २१, ११: ४३

काठमाडौं : भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे सत्तारुढ दलहरू नेपाली कांग्रेस तथा नेकपा एमाले र प्रतिपक्षी माओवादीबीच २...

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०८१ पुष २१, ११: ४३

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
  • २०८१ पुष २१, ११: ४३

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...