माओवादी बैठकमा प्रचण्डको राजनीतिक प्रस्तावमा छलफल जारी, बोल्ने समय ३ मिनेट – Naya Bikalpa
January 24, 2025, Friday

माओवादी बैठकमा प्रचण्डको राजनीतिक प्रस्तावमा छलफल जारी, बोल्ने समय ३ मिनेट

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको दोस्रो दिनको छलफल सुरु भएको छ । आइतबारदेखि काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारको सभाहलमा बैठक अहिले जारी छ।

बैठकको प्रारम्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त धारणा राखेपछि उनको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको छ ।

प्रचण्डको प्रस्तावमाथि धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई ३ मिनेटको समय तोकिएको छ ।

हिजोको बैठकमा प्रचण्डले राजनीतिक एवं सांगठनिक प्रतिवेदन पेश गरेका थिए । उनले पार्टीप्रति देशभर सकारात्मक वातावरण सृजना भएको दाबी गर्दै जनतातिर फर्किएर अभियान चलाउने प्रस्ताव राखेका छन् ।

प्रचण्डले कांग्रेस र एमालेसँग चुनावी गठबन्धन नगर्ने तर माधव नेपालदेखि प्रभु साहसँग एकताको प्रयास गर्ने प्रस्ताव राखेका छन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
  • २०८१ पुष २२, १२: २६

काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

बाँध मर्मतको काम अन्तिम चरणमा
बाँध मर्मतको काम अन्तिम चरणमा
  • २०८१ पुष २२, १२: २६

राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
  • २०८१ पुष २२, १२: २६

काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...