एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, ओली र पोखरेलको प्रतिवेदन पारित – Naya Bikalpa
December 10, 2025, Wednesday      Epaper

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, ओली र पोखरेलको प्रतिवेदन पारित

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । आइतबारदेखि सुरु भएको बैठक अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गर्दै मंगलबार सकिएको हो ।

बैठकले १४ प्रस्ताव पारित गरेको छ । राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको एमालेको निष्कर्ष छ ।

सत्तारूढ दलहरू बीचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् भन्दै एमालेले सरकार प्राप्तिको ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा र गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

बैठक समापन गर्दै अध्यक्ष ओलीले नेताहरूले उठाएका विभिन्न प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा ओलीले दाने जग्गामा पार्टी कार्यालय भवन बनाउने र नेताहरूमाथि भएको कारबाही फिर्ता नहुने बताएका छन् । पार्टी हितविपरित बोल्ने र काम कारबाही गर्नेको कारबाही फिर्ता नहुने उनको भनाइ थियो ।

सम्बन्धित समाचार

लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की
लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की
  • २०८१ पुष २३, १६: ४२

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताएकी छन् । ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको...

चन्द्र भण्डारीको सभापतिमा उम्मेदवारी घोषणा
चन्द्र भण्डारीको सभापतिमा उम्मेदवारी घोषणा
  • २०८१ पुष २३, १६: ४२

काठमाडौं।नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २०८१ पुष २३, १६: ४२

काठमाडौँ : नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर २ लाख...