काठमाडौंः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जिवन, र वित्तिय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
बिहीबार बीमा बहस कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जोखिम न्यूनिकरण, बचत कर्जा र लगानी अभिवृद्धिलाई रोजगारी सिर्जनाजस्ता माध्यमबाट अर्थतन्त्रलाईसमेत बीमा क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउने बताएका हुन् ।
उनले भने, ‘प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन, व्यवसाय र वित्तिय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ । बचत कर्जा, लगानी अभिवृद्धि, रोजगारी सिर्जनाजस्ता माध्यमबाट अर्थतन्त्र निर्माण गर्न बीमा क्षेत्रले महत्वपूर्ण योगदान रहन्छ ।’
साथै उनले बीमा क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले निरन्तर प्रयास गर्दै आइरहेको बताए । उनले सरकारले लिएको नीतिगत बीमाको दायरा क्रमश विस्तारै हुँदै गैइरहेको बताए । यसैगरी उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासमा बीमा क्षेत्रले धेरै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बीमा क्षेत्रमा करिव २ लाख व्यक्तिहरुले रोजगारी पाएको समेत बताए ।
उनले भने, ‘वास्तवमा बीमा क्षेत्रले नेपालको आर्थिक विकासमा धेरै नै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । करिब प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बीमा क्षेत्रमा करिव २ लाख व्यक्तिहरुले रोजगारी पाएका छन् ।’
काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...
राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...
काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...