पर्यटन क्षेत्रका समस्याको दिगो समाधान खोज्नेछौं : उपप्रधानमन्त्री पौडेल – Naya Bikalpa
January 24, 2025, Friday

पर्यटन क्षेत्रका समस्याको दिगो समाधान खोज्नेछौं : उपप्रधानमन्त्री पौडेल

काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्रमा देखिएका समस्याहरू दिर्घकालीन रूपमा समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथौ राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री पौडेलले पर्यटन व्यवसाय मुलुकको अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण पिलरको रूपमा रहेको भन्दै यस क्षेत्रमा देखिएका समस्याको दिगो समाधान गर्ने प्रतिवद्धता जनाएका हुन् ।

वर्तमान सरकार गठन भएपछि पर्यटन क्षेत्रका समस्यालाई बुझ्ने र समाधान गर्ने प्रयास सुरू भइसकेको उनले बताए । मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्रको समेत विकास हुनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको पौडेलको भनाइ छ ।

अर्थमन्त्री पौडेलले नेपालमा पर्यटनको सम्भावना भएका क्षेत्रको अधिकतम उपयोग गर्दै यसलाई अन्तर्राष्ट्रियकरण गर्न सके धेरै भन्दा धेरै पर्यटक भित्रने जिकिर गरे ।

उनले अहिलेको सरकारले सुरू गरेका पर्यटन क्षेत्रको सुधारका कामलाई अर्को सरकारले निरन्तरता दिने अवस्था सिर्जना गर्ने समेत बताए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
  • २०८१ पुष २६, १४: १४

काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

बाँध मर्मतको काम अन्तिम चरणमा
बाँध मर्मतको काम अन्तिम चरणमा
  • २०८१ पुष २६, १४: १४

राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
  • २०८१ पुष २६, १४: १४

काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...