रविविरुद्ध सुप्रिम सहकारी ठगी प्रकरणमा पनि मुद्दा दर्ता हुँदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन – Naya Bikalpa
February 13, 2026, Friday      Epaper

रविविरुद्ध सुप्रिम सहकारी ठगी प्रकरणमा पनि मुद्दा दर्ता हुँदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौं : रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई समेत प्रतिवादी बनाउन राय दिइएको छ ।

यस प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले बिहीबार लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित  १४ जनाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो ।

प्रहरीले पुराना २८ र नयाँ  १४ गरी ४२ जनाविरुद्ध मुद्दा चलाउने राय दिएको छ ।

लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार छुटेका थिए । उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।

सम्बन्धित समाचार

आइतबारसम्म मतपत्र छपाइ सकिने
आइतबारसम्म मतपत्र छपाइ सकिने
  • २०८१ पुष २६, १६: २०

भक्तपुर : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८१ पुष २६, १६: २०

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख ३...

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
  • २०८१ पुष २६, १६: २०

कास्की : पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक...