मनाइयो विश्व हिन्दी दिवस – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

मनाइयो विश्व हिन्दी दिवस

काठमाडौं : नेपालस्थित भारतीय दूतावासले विश्व हिन्दी दिवस मनाएको छ । शुक्रबार लैनचौरस्थित दूतावास परिसरमा विश्व हिन्दी दिवस मनाइएको हो ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा हिन्दी मञ्च नेपालका अध्यक्ष एवं सांसद मंगलप्रसाद गुप्ता, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र भारतीय दूतावासकी काउन्सलर गीताञ्जलि ब्रयान्डन सहभागी थिए ।

दूतावासका काउन्सलर ब्रयान्डनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वाचन गरेकी थिइन् । मोदीले विश्व हिन्दी दिवसले हिन्दी भाषा बोल्नेहरूका लागि समृद्धि र सांस्कृतिक पहिचानको संरक्षण गर्नेमा जोड दिएका थिए । उनले नेपालमा रहेका हिन्दीभाषी र विद्वानहरूप्रति आभार प्रकट गरेका थिए । उनीहरूकै माध्यमबाट हिन्दी भाषाको प्रचार–प्रसार र नेपाल–भारतबीचको सम्बन्धलाई प्रगाढ बनाउन मद्दत गरेको मोदीको सन्देशमा भनिएको छ । कार्यक्रममा स्कुलका विद्यार्थीहरूले हिन्दी कविता र नाटकमा भाग लिएका थिए।

त्यस्तै नेपाल–भारत मैत्री कवि सम्मेलन पनि आयोजना गरिएको थियो । जहाँ प्रतिष्ठित कविहरूले हिन्दी भाषामा कविता वाचन गरेका थिए । भारतको नागपुरमा पहिलोपटक सन् १९७५ जनवरी १० मा विश्व हिन्दी सम्मेलन आयोजना गरिएको थियो । सोही कारण प्रत्येक जनवरी १० मा विश्वभरि विश्व हिन्दी दिवस मनाउँदै आएको छ ।

सम्बन्धित समाचार

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०८१ पुष २६, २१: ०१

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
  • २०८१ पुष २६, २१: ०१

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
  • २०८१ पुष २६, २१: ०१

काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...