सरकारले ल्यायो तीन अध्यादेश – Naya Bikalpa
November 7, 2025, Friday      Epaper

सरकारले ल्यायो तीन अध्यादेश

काठमाडौं : सरकारले तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ । शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले बैठकले केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

ती अध्यादेशमा गैर आवासीय नेपालीलाई निःशुल्क भिसा दिनेदेखि कम्पनी खोल्न पाउने लगायत प्रावधान समावेश छन् ।

सरकारले ल्याएको अध्यादेशको प्रावधानमा सरकारी कार्यालयमा ७ दिनभन्दा बढी फाइन घुमाउन नपाइने, सरकारका कामको सम्पादन सरलीकरण ७ दिनभित्र नभए कारबाही हुने, सेवा प्रवाहमा नागरिक एप प्रयोगमा ल्याउने लगायतका प्रावधान छन् ।

यस्तै श्रमिकहरूको अवकाश उमेर बढाएर ६० वर्ष पुर्‍याउने, कसुरजन्य सम्पत्ति र कसुरमा संलग्न साधन जफत गर्नेलगायतका प्रावधान छ ।

सम्बन्धित समाचार

अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छ : ओली
अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छ : ओली
  • २०८१ पुष २७, ०८: ०१

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने बताएका...

सर्वोच्च अदालत आगामी मंसिर १ देखि पूर्ण रूपमा सञ्चालन हुने
सर्वोच्च अदालत आगामी मंसिर १ देखि पूर्ण रूपमा सञ्चालन हुने
  • २०८१ पुष २७, ०८: ०१

काठमाडौं : आगामी मंसिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी...

परिवर्तित अवस्थामा पार्टीभित्र एकता आवश्यक : डा. शेखर कोइराला
परिवर्तित अवस्थामा पार्टीभित्र एकता आवश्यक : डा. शेखर कोइराला
  • २०८१ पुष २७, ०८: ०१

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले परिवर्तित राजनीतिक परिस्थितिमा पार्टीभित्र एकता र जिम्मेवार सहकार्य अपरिहार्य भएको बताएका छन्।...