समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने – Naya Bikalpa
February 9, 2025, Sunday

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने

काठमाडौं : समाजवादी मोर्चाले काठमाडौं केन्द्रित कार्यक्रम गर्ने भएको छ ।

बुधबार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले १६ माघमा काठमाडौंमा आमसभा गर्ने निर्णय गरेको हो ।

बैठक पछि नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सबै दल मिलेर कार्यक्रम गर्न लागिएको बताए ।

उनले आजको बैठकमा मोर्चाको विगतका विषयमा समीक्षा भएको बताए । ‘आठौं बैठकपछि मोर्चाको बैठक बस्न सकेको थिएन । आजको नवौं बैठक हो । यस अवधिको विषयवस्तुमा केन्द्रित रहेर समीक्षा भयो । अबदेखि निरन्तर बैठक बस्ने प्रतिबद्धता पनि जनाउने काम भयो,’ उनले भने । उनले पार्टीको आन्तरिक कामहरूका कारण बैठक बस्न नसकेको बताए । त्यस्तै यसअघि मोर्चाको कार्यदलले प्रतिवेदन बनाउने काम भइरहेको पनि उनले बताए ।

माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार काठमाडौंमा गर्ने भनिएको कार्यक्रम आमसभा हो । ‘हामीले कार्यक्रम भनेको आमसभा भनेका हौं,’ उनले भने, ‘उपयुक्त स्थान हेरेर सभा हुन्छ ।’

समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने गुरुङले बताए ।

सम्बन्धित समाचार

‘हात्ती र बाँदर आतंक नियन्त्रण गरौं’
‘हात्ती र बाँदर आतंक नियन्त्रण गरौं’
  • २०८१ माघ २, १६: ३०

काठमाडौं : सांसदहरूले पूर्वी नेपालमा जंगली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतंक नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्...

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८१ माघ २, १६: ३०

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८१ माघ २, १६: ३०

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...