
काठमाडौं : समाजवादी मोर्चाले काठमाडौं केन्द्रित कार्यक्रम गर्ने भएको छ ।
बुधबार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले १६ माघमा काठमाडौंमा आमसभा गर्ने निर्णय गरेको हो ।
बैठक पछि नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सबै दल मिलेर कार्यक्रम गर्न लागिएको बताए ।
उनले आजको बैठकमा मोर्चाको विगतका विषयमा समीक्षा भएको बताए । ‘आठौं बैठकपछि मोर्चाको बैठक बस्न सकेको थिएन । आजको नवौं बैठक हो । यस अवधिको विषयवस्तुमा केन्द्रित रहेर समीक्षा भयो । अबदेखि निरन्तर बैठक बस्ने प्रतिबद्धता पनि जनाउने काम भयो,’ उनले भने । उनले पार्टीको आन्तरिक कामहरूका कारण बैठक बस्न नसकेको बताए । त्यस्तै यसअघि मोर्चाको कार्यदलले प्रतिवेदन बनाउने काम भइरहेको पनि उनले बताए ।
माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार काठमाडौंमा गर्ने भनिएको कार्यक्रम आमसभा हो । ‘हामीले कार्यक्रम भनेको आमसभा भनेका हौं,’ उनले भने, ‘उपयुक्त स्थान हेरेर सभा हुन्छ ।’
समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने गुरुङले बताए ।
जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...
काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...
काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले...