जाइकाको प्रभावकारी सहयोग र जानको अवलोकन भ्रमणको अवसर – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

जाइकाको प्रभावकारी सहयोग र जानको अवलोकन भ्रमणको अवसर

१. यसपटक एउटा भ्रमणको प्रसङ्ग । जाइका एलुम्नाइ एसोसियसन , नेपाल—जान—अर्थात् नेपाल जाइका एलुम्नाइ एसोसियसन भन्ने एउटा संस्था छ जसमा जापान अन्ताराष्ठ्रिय सहयोग संस्थाको सहयोगमा जापानमा छोटो या लामो अवधिको विभिन्न क्षेत्रमा तालिम लिनेहरुले सदस्यता पाउने योग्यता हुन्छ । एलुम्नाइको अर्थ नै हो पुराना विद्यार्थी या प्रशिक्षार्थीको संस्था । यो संस्थामा ती नेपालीहरुमात्र सदस्य हुन पाउँछन् जो छोटो या लामो अवधिको शिक्षा लिन भने जापान गएका हुन्छन् । जो जान्छन्, ती पनि नेपालको सरकारको सिफारिसमा सरकारी या गैरसरकारी या निजी संस्थाहरुलाई आधारभूत विकासका लागि जापान सरकारका तर्फबाट अन्तराष्ट्रिय नागरिकहरुलाई आवश्यक सहयोग गर्ने सरकारी संस्था —जाइकामार्फत् हो । सुरु सुरुमा जाइकाले प्राविधिक क्षेत्रमा मात्र तालिमको व्यवस्था गथ्र्यो, अचेल सामाजिक विकासका लागि पनि आधारभूत तालिम दिने गरेको छ ।त्यसैले आधा शताब्दीभन्दा बढी समयदेखि सक्रिय जानमा अहिले हजारौँ सदस्यहरु भएका छन् । आजीवन सदस्यता लिएर सक्रिय हुनेहरु पनि करिब ६०० भन्दा बढी सदस्यहरु देखिन्छन् । मैले पनि २०४९ सालमा ७ हप्ते तालिममा जाइकाको सौजन्यमा जापानको टोक्यो स्थित हातागाया तालिम केन्द्रमा रहेर अनुभव बटुलेको थिएँ र मात्र जानको सदस्य हुन पाएको हुँ ।

२. यो संस्थाले आफ्ना सदस्यहरुलाई २०२५ जनवरी ३, ४, ५ र ६तारिखका लागि जाइकाले प्रत्यक्ष या अप्रत्यक्षरुपमा सहयोग गरेका कामहरुको अवलोकनगर्नेगरी तनहुँ, कास्की र गोरखाको भ्रमण तालिका तयार गरेको पत्र डिसेम्बरमा नै पठाएको थियो इमेलमार्फत् । इमेल सिधै जानका सक्रिय अध्यक्ष डाक्टर रामचन्द्र भुसालले गर्नु भएको थियो । त्यसमा सदस्यहरुबाट अनिवार्यरुपमा केही आर्थिक सहयोगको समेत अपेक्षा गरिएको थियो । त्यो खर्च ३ रात सुविधा सम्पन्न होटलको बसाइ र ४दिनको खाजा, खानाका लागि कमै हुने अनुमान गर्न सकिन्थ्यो । र भनिएको थियो, जानको खातामा अपेक्षित तर स्वैच्छिक सहयोग प्राप्त भएपछिमात्र नाम दर्ता भएको मानिने छ । यसरी अवलोकनका लागि छानिएका ठाउँहरु थिए—दमौलीमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजना(१४० मेगावाट) जुन सेती नदीमा २५ किलोमिटर जति जलाशय तयार गरेर भूमिगत रुपमा नै विद्युत उत्पादन( पावर हाउस पूर्णरुपमा भूमिगत) गरेर विद्युत प्राधिकरणको मूल प्रवाहमा संलग्न गराई तनहुँमा विद्युतीकरण गरिने लक्ष्य राखिएको छ जसमा ५०५ मिलियन डलरको आयोजनामा जाइकाले १८४ मिलियन ऋण सहयोग गरेको छ । त्यस्तो ऋण अत्यन्त न्यूनतम व्याजमा लामो समयसम्मका लागि हुनेछ । इन्जिनियर गुन्जन आत्रेयका अनुसार कम्तीमा पनि दुई वर्षभित्रमा (सकेसम्म डेढ वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको) विद्युत उत्पादन गरेर मूल ग्रिडमा जोडिने छ । यसमा अन्य ऋणसमेतमा नेपाल विद्युत प्राधिकरणको पनि ८६ मिलियन रकम पारिएको छ । सबै भौतिक कार्यहरुको प्रगति ६९ प्रतिशत र आर्थिक प्रगति ५६प्रतिशत छ । यो राष्ट्रिय गौरवको आयोजना भए पनि भियतनाम र कालिका ठेक्दारहरुको ढिलोपनले काम विस्तारै हुँदैछ ।

३. हामी ३० जना थियौँ भ्रमणमा संलग्न । कतिपय साथीहरु यसभन्दा पहिलेका अवलोकन भ्रमणमा पनि सहभागी हुनुहुन्थ्यो । मेरोलागि यो पहिलो अवसर थियो जानको लामो भ्रमणको । एकदिने भ्रमणमा भने पहिले पनि सहभागी भएको थिएँ । मैले पहिलेदेखि चिनेका साथीहरुमा अध्यक्ष डाक्टर रामचन्द्र भुसाल सर, महासचिव शान्ति शाक्य बहिनी, भाइ रामबाबु अधिकारी(पूर्व उपसचिव, कृषि मन्त्रालय) साथी राज्यलक्ष्मी नकर्मी(पूर्व जिल्ला शिक्षा अधिकारी, शिक्षा मन्त्रालय) र जान कार्यालयकी प्रशासनिक प्रमुख नीरा तामाङ्हुनुहुन्थ्यो । त्यसो त तीन रातको बसाइमा मेरो रुममा साथीको रुपमा पनि भाइ रामबाबु थिए ।

४.पूर्व निर्धारित समय अनुसार जनवरी ३अर्थात् पुस १९ गते विहान ७ः३०बजे जानको कार्यालय बल्खु पुग्यौँ म र भाइ रामबाबु । हामीलाई भतिज अंकुरले त्यहाँ पु¥याए र उनी फर्के । विहान ८ बजे बल्खुबाट हिंड्नु थियो र खाजा बसमा नै खाने कार्यक्रम पहिले नै उपलब्ध थियो । पर्यटकीय बस थियो बडो सहज र चालक पनि थिए अत्यन्त कुशल गौतमजी । ४दिनसम्मको हिँडाइमा कुनै गुनासो रहेन । पहिलो दिन एकजना साथी ढिलो हुँदा ८ः२०मा हामी पोखरा बस्ने तर पहिलो कार्यक्रम दमौलीमा विद्युत आयोजना अवलोकनको थियो । हामीलाई अध्यक्ष डाक्टर भुसाल र महासचिव शान्ति बहिनीको विनम्र अनुरोध थियो —हामी सबै जापानको तालिम लिएर अतीतमा समयको पालना गरेका हौँ । यहाँ पनि दिएको कार्यक्रम र समयलाई कडाइका साथ पालना गरौँ । त्यसैल ८ बजे हिँड्ने भनेकोमा २० मिनेट ढिलो हुँदा पनि डाक्टर भुसालले बारम्बार नआएको साथीलाई पर्खँदाको जस्तो अब नहोस् भनेर सम्झाई रहनु भयो । अर्थात् जापानको प्रगतिको कारक तत्व योजनाअनुसारको समयको परिपालन पनि हो भन्ने पाठ थियो त्यो । नभन्दै चार दिन नै समयको परिपालना एकदम सही तरिकाले भएको थियो । जापानबाट सिकेको गुणलाई , सिपलाई नेपालमा प्रयोग होस् भनेर नै वहुआयामिक तालिम तथा अवलोकन भ्रमण जापानले गराएको बिर्सने कुरा पनि थिएन नि ।

५. खाजा बसैमा खायौँ र पहिलो खानाको रुपमा तनहुँको बन्दीपुर स्थित विमलनगरको मस्र्याङ्दी रिभर रिसोर्टको रेस्टुराँमा खायौँ । त्यहाँको तामाको तरकारीले मेरो त मनै लोभ्यायो जुनकुरा फर्कँदा पुस २२ गते पनि खाएँ । खाना राम्रो थियो । हामीले आफ्ना रुचिअनुसारका खाना खाएका थियौँ र वितरिक समयसारिणीअनुसार नै हाम्रा कार्यक्रमहरु चारै दिन चलेका थिए । खानापछि दमौली बजार पारिपट्टिको तनहुँ विद्युत परियोजनामा गएका थियौँ । सुरुमा इन्जिनियर गुञ्जन आत्रेयको परियोजनासम्बन्धी प्रस्तुतिपछि हामी बाँध निर्माण र पावर हाउस निर्माणसम्बन्धी स्थल भूमिगत सुरुङ्मा अवलोकन गर्‍यौँ ।

६ पहिलो दिन र दोस्रो दिनको बासस्थान कास्कीको मनोरम सहर पोखरा र त्यसको पनि रातभरि नसुत्ने सहरी क्षेत्र लेकसाइडको पोखरा बाटिका होटलमा बस्यौँ । म र मेरो भाइ रामबाबुचाहिँ रुम नंबर २०६मा रह्याँै । त्यो होटलमा झोला राखेपछि र खाना खाएपछि हामी लेकसाइडको रमझम हेर्न निस्कियौँ । तर स्पष्ट निर्देशन थियो, भोलि विहान खाना खाएर पौने ८ बजे बसमा बसिसक्ने । त्यो दिन अर्थात् पुस २० गते शनिवारतीन ठाउँको अवलोकन भ्रमण थियो । पहिलो थियो जापानको कामानागे नगरपालिकाको सहयोगमा र जाइकाको पनि सहयोगमा निर्मित मितेरी मातृशिशु अस्पतालको भ्रमण थियो । त्यहाँ सीमित साधनबाट दिएको मातृशिशु सेवाले हामीलाई प्रभावित गरेको थियो । अझ सेवा प्रबद्र्धन गर्न सो अस्पताललाई ठाउँको अभाव, आर्थिक श्रोतको अभाव र जनशक्तिको अभाव खट्केको पाइयो । त्यसपछि हामी पोखरा महानगर पालिका र वरिपरिका बस्तीमा गुणस्तरीय खानेपानी उपलब्ध गराउनका लागि जाइकाको सहयोगमा निर्मित निरन्तर परियोजनाको रुपमा रहेको रहेछ र प्रतिदिन ५ करोड लिटरसम्मको क्षमता वृद्धि गर्ने लक्ष्य राखिएको रहेछ । पोखरामा खानेपानीको कसरी आपूर्ति गर्ने भन्ने महत्वाकांक्षी योजना रहेछ । जापान सरकारको सहयोगमा त्यो पूरा हुने क्रममा रहेछ ।

७. त्यसपछि जाइकाको सहयोगमा कृषकहरु ल्छिन गुरुङ् र अमृत गुरुङ्ले २० रोपनी सुख्खा जग्गामा ट्राउट माछा पालनको अवलोकन गरेका थियौँ । त्यो दिनको खाना त्यहीँको रेस्टुराँमा गर्‍यौँ । ट्राउट उत्पादन बगेको चिसो पानीमा गरिएको रहेछ । उनीहरुको प्रयासलाई प्रशंसा गर्दै त्यो दिनको साँझको बसाइ पनि होटल बाटिकामा नै रह्यो ।

८. तेस्रो दिनको अवलोकन भ्रमण बेगनास तालको काखैमा नेपाल कृषि अनुसन्धान परिषद र नेपाल सरकारको मत्य अनुसन्धान केन्द्रमा भयो जहाँ लोप हुन लागेका नेपाली स्थानीय माछाको भुरा उत्पादन, भुरा आपूर्ति र व्यावसायिक रुपमा माछा पालनका लागि कृषकहरुलाई सहयोग गर्ने अनि अनुसन्धानको काम हुँदै रहेछ ।एकजना निवृत्त जापानी विज्ञ पनि स्वयंसेवकको रुपमा नेपाललाई सहयोग गर्न आउनु भएको रहेछ ।त्यहाँबाट अवलोकन भ्रमण समाप्त गरेर हामी नेपाल सरकारको फलफूल अधिकृतका रुपमा काम गरेर निवृत्त भएका धनबहादुर सिँजाली थापा मगरको आफ्ना अनुभवका आधारमा ४० प्रकारमा फलफूलको व्यावसायिक बगैँचा अवलोकन गर्न विमलनगर तनहुँ पारि मस्र्याङ्दी तरेर पालुङ्टार नगरपालिकाको च्याङ्लीटारमा पुग्यौँ । एक हेक्टर सुख्खा बारीमा गरेको त्यो अभूतपूर्व ड्रागन फल, एभकाडो, अम्बा, आँप , मेवा, बेरी सहित ४० प्रकारमा फलफूल सिजन अनुसारका थिए र एभेकाडो मात्र २७ प्रकारका थिए । धनबहादुरजीका अनुसार उहाँको बगैँचामा ३किलोसम्मको एभेकाडो फल्छ । त्यहाँबाट विमलनगरको पहिलो दिन खाना खाएको मस्र्याङ्दी होटेलमा खाना खायैाँ र राती बास बस्न निर्धारित योजना अनुसार कुरिनटारको चुम्लिङ्टार स्थित सिद्धार्थ कटेजमा आयौँ । हामी दाजुभाइ त्यो होटलको १०४नंबरको कोठामा बस्यौँ । साँझमा डिनरभन्दा पहिले ४दिनको अवलोकन भ्रमणको समीक्षा ग¥यौँ । हामी करिब करिब ज्येष्ठ नागरिकहरुको अवलोकन जस्तो भ्रमणमा हामीले यो योजना र व्यवस्थापनको प्रशंसा ग¥यौँ र निकट भविष्यमा हुन लागेको वार्षिक कार्यक्रममा यसको विस्तृत विवरण अन्य साथीहरुलाई पनि अध्यक्षज्यू र महासचिवज्यूले सभामा सुनाउने माग ग¥यौँ । २२ गते विहान इच्छा हुने जति मनोकामना मन्दिर गयौँ र माताको दर्शन ग¥यौँ केबुलकारमार्फत गएर । अनि हामी पूर्व निर्धारित कार्यक्रम अनुसार दिउँसो ४ः३० बजे बल्खुमा आयौँ ।

९. र अन्त्यमा, हाम्रो अवलोकन भ्रमणमा धेरै जसो सरकारी निवृत्त कर्मचारीहरु हुनुहुन्थ्यो । कृषिका पूर्व कर्मचारी समाजसेवी साथीहरु, स्वास्थ्य क्षेत्रका पूर्व समाजसेवी साथीहरु,व्यापारी, बिमाका प्रवन्धक, समाजसेवी, पत्रकार विभिन्न क्षेत्रबाट हामी जम्मा भएका रहेछौँ । जाइकाका प्रतिनिधिका रुपमा जापानी स्वयंसेवकहरुका व्यवस्थापन गर्ने अधिकृत डाक्टर राघव कायस्थ हुनुहुन्थ्यो । हामीलाई साथ दिन पोखरामा कृषि अधिकृतहरु बालकृष्ण अधिकारी, अजय अधिकारी, परियोजनाका साथीहरु मीना खड्कार राम घिमिरेहरु पनि हुनुहुन्थ्यो । हामी ३० जनामा सबैको नाम अब याद पनि रहेन किनभने वरिष्ठ नागरिकहरुसँग नाम काडेर बोलाउने भन्दा सर, म्याडम भनेर बोलाइयो ।तर पनि सबैभन्दा ज्येष्ठ नागरिकका रुपमा ७९ वर्षीय सुवर्ण लाल श्रेष्ठ सर हुनुपर्छ । सबैभन्दा ठुला विशेषता भनेको हामीजस्ता ज्येष्ठ नागरिकहरुलाई समय सारिकाको सुइमा हिँडाउनु, पुरानो अनुभवको ताजा गराउनु र जाइकाको सहयोगमा बनेका , बन्दै गरेका र सहयोगमा प्रेरणा दिएर स्वयं कमाउने पेसामा अभिप्रेरित गरिएको कथाले जाइकाको तालिम र सिकाइको महत्व बुझ्न सहज भएको छ । हामीले जानको व्यवस्थापन र जाइकाको सहयोगका लागि धन्यवाद दिनैपर्छ । अझ बढी धन्यवादका पात्रमा अध्यक्ष डाक्टर भुसाल पर्नुहुन्छ । अनि महासचिव शान्तिजी, नीरा बहिनी , सुविन्द्र भाइ र रजिना बम्जन बहिनी पनि धन्यवादका पात्र हुनुहुन्छ । अनि ती बासको लागि राम्रो व्यवस्था गर्ने बाटिका होटल, सिद्धार्थ होटललाई धन्यवाद दिनैपर्छ । रमाइलो भयो र उमेर अनुसारको हेराइ र अनुभवको अनुभूति गरियो ।

(नयाँ विकल्प साप्ताहिकमा प्रकाशित)

सम्बन्धित समाचार

नेपाली कांग्रेसको छवि जोगाउने प्रश्न र संविधान संशोधनको प्रयास
नेपाली कांग्रेसको छवि जोगाउने प्रश्न र संविधान संशोधनको प्रयास
  • २०८१ माघ २, १६: ४६

१. नेपाली कांग्रेसमा संसदीय दलको नेता नेपाली कांग्रेसको प्रतिनिधि सभामा २०७९सालको संख्यामा आधाभन्दा घटी सांसदहरु अहिले प्रतिनिधि सभामा छन् ।...

समयको पदचापभनेको उत्ताउलोपन होइन, संयमितरुपमा चल्नुपर्छ
समयको पदचापभनेको उत्ताउलोपन होइन, संयमितरुपमा चल्नुपर्छ
  • २०८१ माघ २, १६: ४६

  १. बालेन्द्र शाहको सरकार गठनसँगै नयाँ विवादहरुको सुरुवात राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतातथा संसदीयदलका नेताबालेन्द्र शाहनेपालको संविधानको धारा ७६.१अनुसार...

नयाँ वैकल्पिक शक्ति तर कसको विकल्प ? नेपाली कांग्रेसको या कसैको ?
  • २०८१ माघ २, १६: ४६

१. नयाँ वैकल्पिक शक्ति तर कसको विकल्प ? सामाजिक सञ्जालमा देखिएको तर नयाँ दलको रुपमा उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टीको...