स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै मतपत्र प्रयोग गर्न प्रस्ताव – Naya Bikalpa
December 10, 2025, Wednesday      Epaper

स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै मतपत्र प्रयोग गर्न प्रस्ताव

काठमाडौं : निर्वाचन आयोगले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रस्ताव राखेको छ ।

शनिबार धुलिखेलमा नेपालमा निर्वाचन सुधारः सुधारका पक्ष, औचित्य र सान्दर्भिकताबारे आयोजित कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचनसम्बन्धी ऐनमा अबको निर्वाचनबाट स्थानीय तहको निर्वाचनमा प्रमुख/उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै हुनुपर्ने प्रावधान राखिएको बताए ।

उनले प्रत्यक्षलाई नै समावेशी गर्नसके समानुपातिक र प्रत्यक्षको प्रतिशतलाई पनि तलमाथि गर्न सकिने बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिलेको कानूनले निर्वाचनको अधिकार नै प्रत्यायोजन गर्न नसक्ने अफ्ठ्यारो स्थिति रहेको बताए।

छिमेकी देश भारतमा समेत स्थानीय तहको निर्वाचन प्रदेशले गराउने गरेको उल्लेख गर्दै नेपालमा पनि त्यो व्यवस्था गर्न सकिने उनको भनाइ थियो ।

सम्बन्धित समाचार

बहुविवाहको कसुरमा डिएसपी मधु नेपाल पक्राउ
बहुविवाहको कसुरमा डिएसपी मधु नेपाल पक्राउ
  • २०८१ माघ ५, १५: ५२

काठमाडौं : नवलपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपाल बहुविवाह कसुरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय  नवलपरासी पूर्वमा...

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरको काठमाडौंमा उच्चस्तरीय भेटघाट
भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरको काठमाडौंमा उच्चस्तरीय भेटघाट
  • २०८१ माघ ५, १५: ५२

काठमाडौं : नेपाल भ्रमणमा आएका भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर मंगलबार दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त भए । मंगलबार...

लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की
लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की
  • २०८१ माघ ५, १५: ५२

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताएकी छन् । ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको...