वामदेव गौतम एमालेमै फर्किने – Naya Bikalpa
February 9, 2025, Sunday

वामदेव गौतम एमालेमै फर्किने

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम अन्ततः एमालेमा फर्किने भएका छन् । नेकपा एकीकृत समाजवादीमा समाहित हुन पछिल्लो समय वार्ता गरिरहेका गौतमले अब एमालेमा फर्किने निर्णय गरेका हुन् ।

आइतबार एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएपछि गौतम एमालेमा फर्किन लागेका हुन् । अध्यक्ष ओलीसँगको छलफल पछि गौतमले अब एकीकृत समाजवादीसँग यसबीचमा भएका वार्ताहरूको औचित्य सकिएको बताए ।

गौतमले नेतृत्व गरिरहेको नेकपा एकता राष्ट्रिय अभियान फुटेको छ । गौतम एमालेमा जाने भएपछि असन्तुष्ट केही नेताहरू माओवादी केन्द्रमा जाने घोषणा गरेका छन् । उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बुहमत केन्द्रीय समिति सदस्यहरू गौतमबाट अलग भएको घोषणा गरेका छन् ।

काठमाडौंमा आइतवार पत्रकार सम्मेलन गर्दै उनीहरूले नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरेको घोषणा गरेका हुन् । उनीहरूले एकता र समायोजनको लागि विचार मिल्ने माओवादी केन्द्रलगायत विभिन्न वामपन्थी दलसँग वार्ता गर्ने बताएका छन् ।

गौतम निःशर्त एमालेमा प्रवेश गर्नुपर्छ भन्ने ढंगले अगाडि बढेपछि विभाजनको बाटो रोज्नु परेको उनीहरूले बताएका छन् ।

सम्बन्धित समाचार

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८१ माघ ६, १७: ०२

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८१ माघ ६, १७: ०२

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...

धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
  • २०८१ माघ ६, १७: ०२

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...