बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्न अर्थमन्त्रीको आग्रह – Naya Bikalpa
February 9, 2025, Sunday

बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौंः कृषि विकास बैंक स्थापनाको ५८ औँ वर्षमा प्रवेश गरेको छ । कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो ।

बैंकको ५८औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकको क्षमता, सामर्थ, बैंकको प्रतिष्ठा र बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउन बैंकका सबै कर्मचारीहरुलाई आग्रह गरेका छन् । उनले बैंक सबल, प्रभावकारी र बैंकको इज्जत माथी उठ्यो भने समस्त कर्मचारीहरुको इज्जत माथि उठ्ने भएकाले बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘विशेषगरी बैंकको व्यवस्थापन र कर्मचारी साथिहरुकाबीचमा जिवन्त सम्बन्ध हुनुपर्छ । जहाँ राम्रो सम्बन्ध हुन्छ त्यहाँ प्रगति हुन्छ । म सबै  कर्मचारीहरुलाई आग्रह गर्न चाहन्छु । यहाँहरुले सबै भन्दा पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामर्थ, बैंकको प्रतिष्ठा र बैंकको इज्जतलाई पहिलो कार्यसूची बनाउनु पर्दछ । बैंक सबल भयो, बैंक प्रभावकारी भयो, बैंकको इज्जत माथि उठ्यो भने समस्त कर्मचारीहरुको इज्जत माथि उठ्छ ।’

साथै उनले प्राय व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगती गर्न नसकेको बताए । उनले हरेक बैंकहरुले रोजगारी सिर्जना हुने ठाउँमा आफ्नो लगानी गर्न समेत आग्रह गरे ।

सम्बन्धित समाचार

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८१ माघ ७, ११: ४१

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८१ माघ ७, ११: ४१

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...

धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
  • २०८१ माघ ७, ११: ४१

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...