माघ १८ मा संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस – Naya Bikalpa
February 13, 2026, Friday      Epaper

माघ १८ मा संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं : मन्त्रिपरिषदको बैठकले संसदको हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो ।

संसद अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।

प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउनेबारे सोमबारै सभामुख देवराज घिमिरेसँग छलफल गरेका थिए । सरकारले अधिवेशन बोलाउन ढिलाइ गरेको भन्दै सरकारको आलोचना गरिरहेका बेला सरकारले अधिवेशन बोलाउन सिफारिस गरेको हो ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८१ माघ ७, १६: ४८

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख ३...

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
  • २०८१ माघ ७, १६: ४८

कास्की : पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक...

मुलुकको स्थिरताका लागि निर्वाचन अपरिहार्य : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
मुलुकको स्थिरताका लागि निर्वाचन अपरिहार्य : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
  • २०८१ माघ ७, १६: ४८

काठमाडौंः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई अस्थिरता र बारम्बार हुने विद्रोहबाट जोगाउन निर्वाचन महत्वपूर्ण रहेको बताएका छन् ।...