
काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आज अपराह्न ४ बजे पार्टी ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने तय भएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी केन्द्रीय कमिटी बैठकका निर्णयहरू अन्तरपार्टी निर्देशनमार्फत् सर्कुलर गर्नेलगायतका विषयमा छलफल हुने उनले बताए ।
बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमकाबारेमा छलफल तथा निर्णय हुने बताइएको छ ।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने बताएका...
काठमाडौं : आगामी मंसिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी...
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले परिवर्तित राजनीतिक परिस्थितिमा पार्टीभित्र एकता र जिम्मेवार सहकार्य अपरिहार्य भएको बताएका छन्।...