शेखर कोइराला भन्छन्- ‘अध्यादेशबाट देश चलाउनु निरंकुशताको एक कदम हो’ – Naya Bikalpa
February 9, 2025, Sunday

शेखर कोइराला भन्छन्- ‘अध्यादेशबाट देश चलाउनु निरंकुशताको एक कदम हो’

विराटनगर : सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानको दुरुपयोग भएको बताएका छन् ।

बुधबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनुपर्ने बताए ।

नेता डा. कोइरालाले देश सरकारले चलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई संयन्त्रबाट चलाउन खोजिरहेको आरोप लगाए ।

संघीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको बलियो सरकार रहेका बेलामा समेत अध्यादेश ल्याइनु गलत भएको उनको टिप्पणी छ । नेता डा. कोइरालाले अध्यादेशबाट मुलुक चलाउनुलाई निरंकुशताको एक कदम भएको जिकिर गर्दै चिन्ता व्यक्त गरे ।

साथै उनले दुई दलीय गठबन्धन सरकार अहिले नै ढल्ने विषयमा सत्यता नभएको बताउँदै नेता कोइरालाले सात बुँदे सम्झौता अनुरुप गठबन्धन सरकारले काम गर्नुपर्नेमा जोड दिए ।

उनले नेपाल जस्तो देशमा संसदीय व्यवस्था नै उत्तम हुने बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेन्डा अघि सारेकोबारे पत्रकारले सोधेको प्रश्नमा उनले आफ्नो धारणा राख्दै नेपाल दुई ठूला देशको बीचमा रहेका बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश भएकोले संसदीय व्यवस्था ठिक हुने बताए ।

 नेता डा. कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन गर्न नुहने बताए । उनले संविधान भन्नेबित्तिकै कांग्रेस-एमालेको मात्रै नहुने भएकोले सबैलाई समेटेरमात्रै संशोधन गर्न सकिने बताए ।

उनले संविधान सबैलाई पाच्य हुनुपर्ने बताउँदै दुई तिहाइ पुर्‍याएर संशोधन गर्दिन्छौं भन्नु गलत हुने बताए । अहिले कांग्रेस-एमालेबीच अलिअलि छलफलमात्रै भएको भन्दै उनले यो सबैको माझमा जानुपर्ने, त्यतिकै नहुने बताए ।

नेता कोइरालाले पार्टीको १५औं महाधिवेशन समयभित्र हुनुपर्नेमा जोड दिए । मुलुकमा एकमात्र प्रजातान्त्रिक पार्टीका रुपमा कांग्रेस रहेको बताउँदै उनले महाधिवेशन निर्धारित समयमा नभए पार्टी कमजोर हुने दाबी गरे ।

सम्बन्धित समाचार

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८१ माघ ९, ११: ३५

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८१ माघ ९, ११: ३५

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...

धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
  • २०८१ माघ ९, ११: ३५

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...