५२ अंकले बढ्यो शेयर बजार, कारोबार रकम ९ अर्बमाथि – Naya Bikalpa
December 15, 2025, Monday      Epaper

५२ अंकले बढ्यो शेयर बजार, कारोबार रकम ९ अर्बमाथि

काठमाडौंः बुधबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ५२.३६ अंकले बढेर २,६६५ को विन्दुमा कायम भएको छ । आज परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार जम्मा ६ अर्ब १९ करोडको कारोबार भएकोमा आज बढेर ९ अर्ब २० करोड पुगेको छ ।

यस्तै, आज कुल १९६ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ९ को स्थिर रहेको छ । जसमा कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको मूल्य १० प्रतिशतका दरले बढेको छ । साथै ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ९.८१ प्रतिशत र एचआइडिसीएलको मूल्य ८.४८ प्रतिशतले बढेको छ ।

समूहगत रुपमा आज अन्य समूहको मूल्य सबैभन्दा धेरै अर्थात् ४.२४ प्रतिशतले बढ्यो भने बैंकिङको १.३२, विकास बैंक २.७४, फाइनान्स ०.८९, होटल तथा पर्यटन २.७१, हाइड्रोपावर २.१२, लगानी ३.८२, जीवन बीमा १.८९, माइक्रोफाइनान्स १.०७, उत्पादन ०.०८, निर्जीवन बीमा १.०० र व्यापारको २.४५ प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
  • २०८१ माघ ९, १६: ०८

जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
  • २०८१ माघ ९, १६: ०८

काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो
नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो
  • २०८१ माघ ९, १६: ०८

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ भने कारोबार रक...