५२ अंकले बढ्यो शेयर बजार, कारोबार रकम ९ अर्बमाथि – Naya Bikalpa
February 9, 2025, Sunday

५२ अंकले बढ्यो शेयर बजार, कारोबार रकम ९ अर्बमाथि

काठमाडौंः बुधबार शेयर बजार उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ५२.३६ अंकले बढेर २,६६५ को विन्दुमा कायम भएको छ । आज परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार जम्मा ६ अर्ब १९ करोडको कारोबार भएकोमा आज बढेर ९ अर्ब २० करोड पुगेको छ ।

यस्तै, आज कुल १९६ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ९ को स्थिर रहेको छ । जसमा कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको मूल्य १० प्रतिशतका दरले बढेको छ । साथै ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ९.८१ प्रतिशत र एचआइडिसीएलको मूल्य ८.४८ प्रतिशतले बढेको छ ।

समूहगत रुपमा आज अन्य समूहको मूल्य सबैभन्दा धेरै अर्थात् ४.२४ प्रतिशतले बढ्यो भने बैंकिङको १.३२, विकास बैंक २.७४, फाइनान्स ०.८९, होटल तथा पर्यटन २.७१, हाइड्रोपावर २.१२, लगानी ३.८२, जीवन बीमा १.८९, माइक्रोफाइनान्स १.०७, उत्पादन ०.०८, निर्जीवन बीमा १.०० र व्यापारको २.४५ प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८१ माघ ९, १६: ०८

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८१ माघ ९, १६: ०८

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...

धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
  • २०८१ माघ ९, १६: ०८

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...