उपत्यकासहित देशभर तापक्रम बढ्न थाल्यो – Naya Bikalpa
November 7, 2025, Friday      Epaper

उपत्यकासहित देशभर तापक्रम बढ्न थाल्यो

काठमाडौँ : काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताए । कारणबारे उनले भने, “लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको छ ।” उनले अब बढ्ने समय पनि हुन लागेको बताए ।

न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ । यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने) हुनाले अहिले दुई-तीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने नबढ्ने उनले बताए । तर पनि अब तापक्रम उकालो लाग्ने समय भने हुन लागेको उनले बताए ।

विभागले सार्वजनिक गरेको विवरणमा काठमाडौँको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस पुगिसकेको छ । न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ । यसपालि काठमाडौँको तापक्रम दुई डिग्रीसम्म झरेको थियो ।

सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ । २१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ । आज न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको छ ।

सम्बन्धित समाचार

अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छ : ओली
अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे, राष्ट्रपतिले गर्नुपर्छ : ओली
  • २०८१ माघ १०, ११: ४५

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने बताएका...

सर्वोच्च अदालत आगामी मंसिर १ देखि पूर्ण रूपमा सञ्चालन हुने
सर्वोच्च अदालत आगामी मंसिर १ देखि पूर्ण रूपमा सञ्चालन हुने
  • २०८१ माघ १०, ११: ४५

काठमाडौं : आगामी मंसिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी...

परिवर्तित अवस्थामा पार्टीभित्र एकता आवश्यक : डा. शेखर कोइराला
परिवर्तित अवस्थामा पार्टीभित्र एकता आवश्यक : डा. शेखर कोइराला
  • २०८१ माघ १०, ११: ४५

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले परिवर्तित राजनीतिक परिस्थितिमा पार्टीभित्र एकता र जिम्मेवार सहकार्य अपरिहार्य भएको बताएका छन्।...