तत्काल कांग्रेससँग सहकार्य हुँदैन : प्रचण्ड – Naya Bikalpa
February 13, 2026, Friday      Epaper

तत्काल कांग्रेससँग सहकार्य हुँदैन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल नेपाली कांग्रेससँग सहकार्य नहुने बताएका छन् ।

बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले तत्काल कांग्रेससँग सत्ता साझेदारी नगर्ने बताए ।

सरकारमा जाने कुनै अभिरुची नभएको उल्लेख गर्दै प्रचण्डले सरकार सहज ढंगले नचलेको बताए । यो गठबन्धन भने धेरै समय नटिक्ने उनको तर्क छ । तर आफूहरूले अहिले सक्रिय भएर सरकार ढाल्न नलागेको उनको भनाइ थियो ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत देश चलाउन खोजेको आरोप लगाए ।
उनले संसद आह्वान गर्नुको सट्टा विभिन्न अध्यादेश ल्याउनु गलत भएको बताए ।

सरकारले नियमित रूपमा सदन नबोलाएपछि प्रतिपक्षी दलका तर्फबाट माओवादीले विशेष अधिवेशन आह्वानको प्रयास गरेको उनले बताए ।

सम्बन्धित समाचार

आइतबारसम्म मतपत्र छपाइ सकिने
आइतबारसम्म मतपत्र छपाइ सकिने
  • २०८१ माघ १०, १२: ०५

भक्तपुर : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८१ माघ १०, १२: ०५

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख ३...

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
  • २०८१ माघ १०, १२: ०५

कास्की : पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक...