तत्काल कांग्रेससँग सहकार्य हुँदैन : प्रचण्ड – Naya Bikalpa
February 6, 2025, Thursday

तत्काल कांग्रेससँग सहकार्य हुँदैन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल नेपाली कांग्रेससँग सहकार्य नहुने बताएका छन् ।

बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले तत्काल कांग्रेससँग सत्ता साझेदारी नगर्ने बताए ।

सरकारमा जाने कुनै अभिरुची नभएको उल्लेख गर्दै प्रचण्डले सरकार सहज ढंगले नचलेको बताए । यो गठबन्धन भने धेरै समय नटिक्ने उनको तर्क छ । तर आफूहरूले अहिले सक्रिय भएर सरकार ढाल्न नलागेको उनको भनाइ थियो ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत देश चलाउन खोजेको आरोप लगाए ।
उनले संसद आह्वान गर्नुको सट्टा विभिन्न अध्यादेश ल्याउनु गलत भएको बताए ।

सरकारले नियमित रूपमा सदन नबोलाएपछि प्रतिपक्षी दलका तर्फबाट माओवादीले विशेष अधिवेशन आह्वानको प्रयास गरेको उनले बताए ।

सम्बन्धित समाचार

सरकारको मनोमानी कर आतंक बारेमा अर्थबिज्ञ सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा
सरकारको मनोमानी कर आतंक बारेमा अर्थबिज्ञ सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा
  • २०८१ माघ १०, १२: ०५

काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब...

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
  • २०८१ माघ १०, १२: ०५

काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...

नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
  • २०८१ माघ १०, १२: ०५

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव...