सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा छैन : अर्थमन्त्री – Naya Bikalpa
February 6, 2025, Thursday

सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा छैन : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा नभएको बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री पौडेलले सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा नभएको भन्दै अर्थतन्त्र क्षेत्रका समस्याहरुलाई प्रभावकारी ढङगबाट समाधान गर्ने बताए ।

उनले भने, ‘राष्ट्रिय वाणिज्य बैंक परिवारलाई मेरो के आग्रह छ भने यो तरलतालाई उत्पादन, उत्पादकत्व वृद्धि  र रोजगारी सिर्जनाका निम्ति कसरी सर्भे गर्ने भनेर सोच्नुहोस् । सरकारले कुनै औषत काम गरेर सरकारको सूची बढाउने काम गर्दैन । दिन बिताउने पक्षमा छैनौं । समस्याको निकै लामो चाङ छ । यी समस्याहरुलाई एक एक गरेर पन्छाउँदै जान चाहन्छौं । छोटो अवधिमा दुरगामी महत्वका उपलब्धिहरु आर्जन गर्न चाहन्छौं । विषेशगरी अर्थतन्त्रको क्षेत्रका समस्याहरुलाई प्रभावकारी ढंगबाट समाधान गर्न चाहन्छौं । सरकार बनेको दिन गनेर नभइ परिणाममुखी काम गरेर अगाडि बढ्न चाहन्छौं ।’

उनले अध्यादेशको माध्यमबाट निराशालाई आशामा बदल्नका लागि र देशभित्र भविष्य खोज्नेहरुका लागि काम गरेको बताए । उनले भने, ‘२९वटा ऐनहरुमा अध्यादेशको माध्यमबाट संशोधन गरेका छौं । ति अध्यादेशहरु सदन सुरु भएको पहिलो दिन नै प्रस्तुत हुँदैछ । ति अध्यादेशहरु संसदबाट अनुमोदित हुनेछ । निराशालाई आशामा बदल्नका लागि, देशभित्र भविष्य खोज्ने, समाजको भविश्य खोज्नेहरुका लागि सरकारले ऐनहरुमा संशोधन गर्ने अध्यादेशहरुमा निर्णय गरेको हो ।’

सम्बन्धित समाचार

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
  • २०८१ माघ १०, १५: ३९

काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...

नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
  • २०८१ माघ १०, १५: ३९

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
  • २०८१ माघ १०, १५: ३९

काठमाडौं : गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त...