मधेश प्रदेश सभा अगाडि मुख्यमन्त्री सिंहको पुत्ला दहन – Naya Bikalpa
February 6, 2025, Thursday

मधेश प्रदेश सभा अगाडि मुख्यमन्त्री सिंहको पुत्ला दहन

जनकपुर : जनकपुरधामस्थित मधेश प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सतिश कुमार सिंहको पुत्ला दहन गरिएको छ ।

बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषासम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जनकपुरधामका युवाहरुले मुख्यमन्त्री सिंहको पुत्ला दहन गरेका हुन् ।

मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरुले विरोध जनाएका छन् । चार लाख भन्दा बढी बोलिने भाषालाई विधेयकमा नराखिएकोमा उनीहरुले आक्रोश व्यक्त गरेका हुन् । मधेश प्रदेश सरकारले विधेयक नसच्याए झन् बढी विरोध गर्ने र भाषा र पहिचानका लागि लडिरहने उनीहरुको भनाइ छ ।

विरोध प्रदर्शनमा युवाहरुले ‘पहिचानवादी सरकार मुर्दावाद’, ‘मुख्यमन्त्री राजीनामा दे’, ‘मुख्यमन्त्री मुर्दावाद’, ‘शिक्षामन्त्री मुर्दावाद’लगायतका नारा लगाएका थिए ।

सम्बन्धित समाचार

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
  • २०८१ माघ १०, १५: ५७

काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...

नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
  • २०८१ माघ १०, १५: ५७

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
  • २०८१ माघ १०, १५: ५७

काठमाडौं : गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त...