ठमेलमा कार्यक्रम गर्न महानगरले दिएन चिनियाँ दूतावासलाई अनुमति – Naya Bikalpa
February 6, 2025, Thursday

ठमेलमा कार्यक्रम गर्न महानगरले दिएन चिनियाँ दूतावासलाई अनुमति

काठमाडौं : काठमाडौं महानगरपालिकाले नेपालस्थित चिनियाँ दूतावासलाई ठमेलमा नयाँ वर्षको कार्यक्रम गर्ने अनुमति दिन अस्वीकार गरेको छ ।

दूतावासले ठमेलमा चिनियाँ नयाँ वर्षको कार्यक्रम गर्न महानगरसँगअनुमति मागेको थियो । तर, महानगरले ट्राफिक व्यवस्थापन भद्रगोल र सडक अस्तव्यस्त हुने भन्दै ठमेलमा कार्यक्रम गर्न दूतावासलाई अनुमति दिन अस्वीकार गरेको हो ।

मेयर बालेन साहको स्वकिय सचिव  भूपदेव साहले ‘स्प्रिङ फेस्टिबल’ र नयाँ वर्षको कार्यक्रमको लागि दूतावासबाट ठाउँको लागि अनुमति मागेपनि महानगरले अनुमति नदिएको बताए ।

महानगरले कलंकीदेखि महाराजगन्जको बाटोमा कार्यक्रम गर्न दूतावासलाई अनुरोध गरेको छ ।

दूतावासले एकसाता अघि नै महानगरलाई पत्राचार गर्दै चिनियाँ नयाँ वर्षको अवसरमा २६ जनवरीदेखि २५ फेब्रुअरीसम्म एक महिना ठमेलमा कार्यक्रम गर्न अनुमति मागेका थिए ।

चीनले २९ जनवरीमा नयाँ वर्ष मनाउँछ । यही सन्दर्भमा चिनियाँ दूतावासले ठमेल क्षेत्रमा एक महिना लामो कार्यक्रम आयोजना गर्न अनुमति मागेको थियो ।

साथै, महानगरलाई सहआयोजक बस्न समेत प्रस्ताव गरेको थियो । तर दूतावासको दुवै प्रस्ताव महानगरले अस्वीकार गरेको छ ।

चक्रपथ सुधार आयोजनाअन्तर्गत चिनियाँ कम्पनी साङघाई कन्सट्रक्सनले चक्रपथ विस्तारको ठेक्का लिएको छ । तर, ठेक्का लिएको वर्षौं बितिसक्दा पनि काम नगरेको र सडक धुलाम्मे बनाएको भन्दै महानगर आक्रोशित छ ।

काठमाडौं महानगरले कलंकी–महाराजगञ्ज सडक विस्तारको काम आफूले नभई नेपाल सरकार चिनियाँ निर्माण कम्पनीले गरिरहेको सूचना लेखेर बोर्ड नै टाँसेको थियो । उक्त बोर्ड सडक विभागले हटाएको थियो ।

आफ्नो देशमा २४ घण्टामा पूर्वाधार निर्माण गरिसक्ने चीनले नेपालमा भने वर्षौंसम्म काम नगर्ने चिनियाँ प्रवृतिप्रति मेयर बालेनले व्यंग्य गरेका थिए । उनले चिनियाँ राजदूतसँगै चक्रपथ क्षेत्र अवलोकन गरेको बताउँदै उनैलाई प्रश्न गरेका थिए ।

चीन सरकारले वाचाअनुसार काम नगरेको भन्दै महानगरले चीनलाई ठमेलमा नयाँ वर्षका लागि कार्यक्रम गर्ने अनुमति नदिएको बताइएको छ ।

सम्बन्धित समाचार

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
  • २०८१ माघ १०, १९: ३६

काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...

नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
  • २०८१ माघ १०, १९: ३६

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
  • २०८१ माघ १०, १९: ३६

काठमाडौं : गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त...