राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव, नेकपा एकीकृत समाजवादीका नेता रेवन्त झा, लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल कुमार सिंहसहितको टोलीले बिहीबार बाँध निर्माणको स्थलगत अनुगमन गरेका छन् ।
पानी हालेर राेलर गर्न नगर प्रमुख यादवले स्थानीय उपभोक्ता समितिलाई सुझाव दिएका छन् । साे अवसरमा लाेसपा नेता सिंहले बागमती नदीकाे बाँध अतिक्रमणमा परेकाेले अतिक्रमण मुक्त गराउन नगर प्रमुख यादवकाे ध्यानाकर्षण गराए । बाँध मर्मतको कामसँगै अतिक्रमण भएको क्षेत्र खाली गराउने नगर प्रमुख यादवले प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...
काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...
काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...